दुदिलाभाटीमा व्यवस्थित शवदहन गर्ने स्थल (घाट) नहुँदा समस्या

गुमानसिँह भण्डारी, गल्कोट २०७५ साउन २१ । गल्कोट नगरपालिको वडा न १ दुदिलाभाटीका स्थानियलाई शव दहन गर्ने ब्यवस्थित ठाउ नहुदाँ समस्या पर्ने गरेको छ ।

दुदिलाभाटीमा बसोबास गर्ने समुदायले आफ आफनै किसीमले शव दहन गर्ने गरेको वडा अध्यक्ष नेत्र बहादुर बुढाथोकीले बताए । दुदिलाभाटीमा शवको दाहसंस्कार गर्ने स्थलको संरचना नै नदी किनार भएको हुदाँ यहाँका स्थानियले समस्या खेप्दै आएका छन । स्थानियले गौदीखोला र दुदिलाभाटीको माथिल्लो भाग भ्युटावर सिलकोटमा शव दहन गर्दै आईरहेका छन । दुदिलाभाटी साबिकका वडा नम्बर २ का मगर समुदायले भ्यु टावर सिलकोट र साबिकका अन्य वडाका स्थानियले भने गौदीखोलाको ३, ४ ठाउमा शव दहन गर्ने गरेका छन ।

खोलाको तिरमा शव दहन गर्ने स्थानियलाई हिउदको समयमा भन्दा बर्षातमा समस्या पर्ने गरेको छ । ब्यवस्थित शव दहन गर्ने ठाउ, शवयात्री भवन, चर्पी, खानेपानी नहुदाँ दुदिलाभाटीका स्थानियले समस्या झेल्दै आईरहेका अध्यक्ष बुढाथोकीले बताए ।

दुदिलाभाटीमा भएका सबैजसो शवको अन्त्यष्टी गर्ने स्थानमा जाने गोरेटो समेत ब्यवस्थीत नहुदाँ मलामी जानेहरुले समेत समस्या खेप्दै आएका छन । तर शव दाहस्थल निर्माणको लागी कसैको ध्यान पुग्न नसकेको स्थानियको गुनासो छ ।

बर्षातको समयमा निरन्तर बर्षा हुदाँ शव जलाउदा जलाउदै यतिकै छोडेर हिड्नुपर्ने बाध्यता छ । खोलामा आउने बाढिका कारण शव दहन गर्ने ठाउ पनि कहिले अस्तब्यत हुने गरेको छ । बर्षातमा शव दहन गर्दै गर्दा कतै बाढी आएर बगाउने हो कि भन्ने त्रास समेत हुने गरेको छ । दुदिलाभाटीका कुनै पनि शव स्थल ब्यवस्थित छैनन । सम्पुर्णलाई ब्यवस्थित गर्नका लागी शवदाह स्थल, खानेपानीको ट्ङ्की र मलामी बस्ने प्रतिक्षालय लगायतको संरचना निर्माणको लागी करिब १ करोड बढि खर्च हुने देखिएको छ । यसको ब्यवस्थापनका लागी वाड कार्यालयले अभियान सञ्चालन गनुपर्ने अवस्था देखिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *