विकलाङ्ग मित्र समूह, सक्षम परियोजनाबाट अपाङ्गता बालवालिकालाई सहयोग !

कौरब खत्री, गुल्मी २०७५ साउन २१ । गुल्मीमा विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र सक्षम परियोजनाले गुल्मीमा शारीरिक अपाङ्गताको क्षेत्रमा विभिन्न कार्य गदै आइरहेको छ ।

सक्षम परियोजनाले मुसिकोट नगरपालिकाको वामीटक्सारमा शिक्षकहरुका लागि अपाङ्गता व्यवस्थापन सम्वन्धी एक दिने र रेसुङ्गा नगरपालिकाको तम्घासमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार महासन्धि सम्वन्धि एक दिने अभिमुखिकरण तालिम सञ्चालन गरिएको सक्षम परियोजना गुल्मीले जनाएको छ ।

अपाङ्गता भएका बालबालिकाहरुलाई शिक्षामा पँहुच, वर्तमान अवस्था,शैक्षिक सरोकारवालाहरु बीचको भूमिका लगायतका विषयमा परियोजना संयोजक गोविन्द चौधरीले अभिमुखीकरण तालिमको सहजीकरण गरेका थिए ।

परियोजनाले सञ्चालन गरिएको तालिममा विद्यालय निरिक्षक तथा श्रोतव्यक्तिहरु विद्यालयका प्रधानाध्यापक एव शिक्षक प्रतिनिधि गरिे ६० जनाको सहभागिता रहेको थियो ।

विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र सक्षम परियोजना गुल्मीले हालसम्म ३ सय ५३ जना शारीरिक अपाङ्गता भएका बालवालिकाहरुको उपचार तथा पुनस्र्थापना गरि सकेको ५ सय ८७ जना विद्यार्थीहरुलाई अभिमूखीकरण तालिम दिएको र ५ बर्षीय अपाङ्गता व्यवस्थापन सम्वन्धि कार्ययोजनाको मोडालिटि तयार पारेको बहु सिपयुक्क्त अपाङ्गता पुनस्र्थापना सहायक होमराज केसीले जानकारी दिए ।

साथै यस्ता शारीरिक अपाङ्गता भएका बालवालिकाहरुले सहज रुपमा उपचार पाएपछि उनीहरुका घरपरिवार तथा समुदायले समेतअपाङ्ग बाल अस्पतालले गरेको कामप्रति खुलेर प्रशंसा गर्न थालेको बहु सिपयुक्क्त अपाङ्गता पुनस्र्थापना सहायक केसीको भनाई छ ।

जिल्लाभित्र रहेका बाल क्लवमा आवद्ध रहेका बालवालिकाहरुलाई अपाङ्गता भएका बालवालिकाहरुलाई क्लवमा सहभागि गरिनु पर्ने एक दिने अभिमुखिकरण तालिम सञ्चालन गरिएको थियो ।

साथै विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र सक्षम परियोजना गुल्मीले सत्यवति गाउँपालिका र सदरमुकाम तम्घासमा महिला तथा बालवालिकाको कार्यालय गरि दुइ स्थानमा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरि डाक्टर परामर्श तथा फिजियोथेरापी र सहयोगी सामग्रीको नाप जाँच एवं वितरण तथा जिल्ला भित्रका अपाङ्गता र गरिवी कारण विद्यालय जान नसकेका बालवालिकाहरुलाई विद्यालय पठाउन प्रोत्सान स्वरुप अपाङ्गता बालवालिकाहरुलाई शैक्षिक सामग्रीहरु र पोशाक समेत वितरण गरिएको बहु सिपयुक्क्त अपाङ्गता पुनस्र्थापना सहायक केसीले बताए ।

उक्क्त सक्षम परियोजनाले गत २०७४ बैशाख १२ गतेदेखि गुल्मी जिल्लामा शारीरिक अपाङ्गता भएका बालवालिकाहरुका लागि काम गदै आइरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *