भानु मा.वि. स्रोतकेन्द्र स्तरिय प्रतिभा पहिचान कार्यक्रम सम्पन्न !

विमल नेपाली, बागलुङ २०७३ फागुन १८ । जिल्ला शिक्षा कार्यालयको आयोजनामा स्रोतकेन्द्र स्तरिय प्रतिभा पहिचान कार्यक्रम भानु उमावि ग्वालीचौरमा सम्पन्न भएको छ । विद्यालय तह कक्षा १ देखी १२ सम्म अध्ययनरत विद्यार्थीसँग विभिन्न ५ विधामा रहेका प्रतिभाको पहिचान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा स्रोतकेन्द्र अन्तर्गतका विभिन्न विद्यालयका शिक्षक प्रतिनीधी तथा विद्यार्थीको सहभागीता रहेको कार्यक्रममा स्रोतव्यक्ती सोमनाथ पौडेलले कार्यक्रमको उद्देश्य तथा औचित्यबारे बताएका थिए ।

कार्यक्रममा गणित विधामा प्रतिभा पहिचान प्रतियोगीतामा त्रिभुवन मा.वि. खर्वाङ प्रथम, पौंदीटारी आधारभुत विद्यालय व्दितिय भएका छन । यसैगरी विज्ञान विधामा प्रतिभा पहिचान कार्यक्रममा बनस्पती मा.वि. जलजला प्रथम, त्रिभुवन मा.वि. व्दितिय, पौंदीटारी आधारभुत विद्यालय तृतिय भएका छन ।
यसैगरी बक्तृत्वकला प्रतियोगीतामा बनस्पति मा.वि. जलजला प्रथम, त्रिभुवन मा.वि. खर्वाङ द्धितिय, खार मा.वि. खार तृतिय भएका छन ।

यसैगरी नृत्य प्रतियोगीतामा बनस्पति मा.वि. जलजला प्रथम, भानु मा.वि. ग्वालीचौर व्दितिय, वेलफेयर बोर्डिङ स्कुल ग्वालीचौर तृतिय भएका छन र चित्रकला प्रतियोगीतामा वेलफेयर बोर्डिङ स्कुल ग्वालीचौर प्रथम, भानु मा.वि. ग्वालीचौर द्धितिय र त्रिभुवन मा.वि. खर्वाङ तृतिय भएका छन ।

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ठ विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रम स्रोतकेन्द्र विद्यालय भानु मा.वि.का प्राचार्य केशव खरेलको अध्यक्षता, शिक्षक दिनानाथ पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *