लण्डनमा पशुपति मन्दिर निर्माणका लागि तीज गीत प्रतियोगिता

कौरव खत्री, गुल्मी २०७५ साउन २० । दिदीवहिनी समूह साउथ इस्ट लण्डनव्दारा नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा तीज गीत प्रतियोगिता तथा दरखाने कार्यक्रम आयोजना गरिने भएको छ ।

महिलाहरुको महान पर्व हरितालिका तीजका अवसरमा यहि साउन २६ गते अर्थात अगस्ट ११ तारिखका दिन साउथ इस्ट लण्डनमा रहेका सबै नेपाली महिला दिदीबहिनीहरु जुटेर तीज गीत प्रतियोगिता तथा दरखाने र नेपालको तीजको मौलिक संस्कृतिको संरक्षण र जर्गेना गर्नको लागि कार्यक्रम आयोजना गर्न लागिएको साउथ इस्ट लण्डनका समूहले जनाएको छ ।

साथै उक्क्त कार्यक्रममा संकलन भएको आर्थिक रकमले लण्डनमो पशुपति मन्दिर निर्माण तथा महिलाहरुको सहयोगका लागि खर्च गरिने साउथ इस्ट लण्डनका दिदिबहिनी समूह लण्डनले जनाएको छ ।

कार्यक्रममा राष्ट्रियस्तरका कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुती एवं विभिन्न क्षेत्रमा योगदान पु¥याउदै आएका महिला दिदीबहिनीहरुलाई सम्मान लगायतका कार्यक्रम आयोजना गरिएको दिदीबहिनी समूहले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *