बोवाङमा माओवादी केद्रको वडा समिति गठन !

कृष्ण कँडेल, बुर्तिवाङ २०७३ फागुन १९ । नेकपा माओवादी केन्द्र प्रस्तावित ढोरपाटन नगरपालिकाको बोबाङ गाविस वडा नम्बर–६ देखि ९ सम्म पर्ने माथिल्लो वडापालिकाको सम्मेलन लाँकुरीबोटमा सम्पन्न भएको छ ।

सम्मेलनले भन्द्रमनि सुनारको अध्यक्षतामा २१ सदस्यीय वडा समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा रेशम पुन, सचिवमा होमलाल भुषाल, सहसचिव मञ्जीता पुन र कोषाध्यक्ष निरन घर्ती रहेका छन् ।

भेलामा बोल्दै माओवादी केन्द्रका पोटिलब्युरो सदस्य तथा बागलुङ जिल्ला ईन्चार्ज चन्द्रबहादुर बुढा सागरले अब स्थानिय तहको निर्बाचन कसैले रोक्न नसक्ने बताए । उनले निर्वाचन आयोगले निर्वाचन आचारसहिंता समेत जारी गरिसकेकाले अब निर्वाचन हुँदैन भनेर भन्नुको कुनै औचित्य नरहेको बताए ।

कार्यक्रममा केन्द्रिय सदस्य तथा ढोरपाटन नगरपालिका ईन्चार्ज राजेन्द्र कुँवर, केन्द्रिय सल्लाहकार शेरमान घर्ती, नगरपालिका संयोजक भिम गौतम, तल्लो वडापालिका अध्यक्ष लिङ्कन घर्ती, उपाध्यक्ष तुलबहादुर बिक, जिल्ला सदस्य वीरबहादुर घर्ती लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सम्मेलन भद्रमणि सुनारको अध्यक्षता, खुमबहादुर विकको स्वागत र श्यमबहादुर घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.