बागलुङमा मुसलधारे वर्षा, ठाउँठाउँमा पहिरो जानाले मध्यपहाडी लोकमार्ग अवरुद्ध, जनजीवन प्रभावित !

भरत सापकोटा, बागलुङ २०७५ साउन २० । हिँजो दिउसो देखी निरन्तर परिरहेको भारी वर्षाका कारण ठाउँठाउँमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ । सदरमुकाम बागलुङ बजारसंग जोडिएको काठेखोला गाउपालिका-१ (साविक पाला गाविस) को वडा कार्यालय नजिकै माथीबाट ठुलो पहिरो खसेर झण्डै १ सय ५० मिटर लोकमार्ग क्षती पुगेको र पहिरो माथी रहेको पुरै मानवबस्तीनै खतरामा रहेको ईलाका प्रहरी कार्यालय अक्षेतेले जानकारी दिएको छ । उता बिहुँ- ६ टापुमा गएको पहिरोल हिँजै राति ३ बजे देखी मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ भने टापुमै रहेको नेपाल विद्युत प्राधिकरण केन्द्रिय प्रसारण लाईनको पोल ढलेको छ । त्यस देखी माथीको बिहुँ रिजाल चोकमा पनि पहिरो खसेकोले पहिरो सफा गर्दै गरेको प्रहरीले बताएको छ ।

निरन्तरको वर्षाबाट भएको क्षेतीका सम्वन्धमा प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलसंग जिज्ञासा राख्दा पालाको पहिरो हटाउन र अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउन तत्काल पहल गर्न बागलुङ खण्डका ईन्जिनियरलार्ई निर्देशन दिएको जानकारी दिए । जिल्लाका अन्य भागहरुमा वर्षाबाट भएको क्षेतीबारे प्रहरी संग समन्वय गरी जानकारी लिईरहेको बताउदै तत्काल उद्धार कार्य गर्ने बताए ।

ढोरपाटन नगरपालिका २ खल्तुबोट नजिकै पहिरो जाँदा लोकमार्ग अवरुद्ध बनेको सहकर्मी टिकाराम भट्टराईले जानकारी दिएका छन् ।

तस्वीर- काठेखोला गाउपालिका ६ बिहुँ टापुमा गएको पहिरो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *