धौलागिरी क्याम्पसमा नेविसंघ अगाडी, मुस्ताङको जनहित क्याम्पसमा अखिल प्यानल विजयी !

बागलुङ २०७३ फागुन १९ । धौलागिरी बहुमुखी क्याम्पसमा हिँजो संपन्न स्ववियु निर्वाचनको पछिल्लो मतगणनाको परिणाम अनुसार नेविसंघको लोकतान्त्रिक समुह अगाडी रहेको छ ।

केहि समय पहिले सम्मको मत परिणाम अनुसार नेविसंघबाट सभापति उमेदवार मन बहादुर थापो २८७ मत सहित अखिल संयुक्तका सभापति उमेदवार शेखर खड्का भन्दा ८६ मतले अगाडी रहेका छन् । खडकाले २०१ मत प्राप्त गरेका छन् ।

सचिव पदमा विष्णुराज पौडेलले २७४ प्राप्त गरेका छन् भने जीवन शर्माले २१२ मत ल्याएका छन् । कोषाध्यक्ष पदमा सष्मिता बोहोराले २८६ मत ल्याएकी छिन भने उनकी प्रतिव्दन्दी बिमाकुमारी जोल्मीले १८९ मत प्राप्त गरेकी छिन् । मतगणना जारी रहेको छ ।

यसैवीच मुस्ताङबाट सहकर्मी केशव विश्वकर्माले पठाएको समाचार अनुसार मुस्ताङ जिल्लाको एकमात्र आंगिक जनहित बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा १५मत ल्याएर अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्यानलका रविन वानियाँ सभापतिमा बिजयी भएका छन । उनका प्रतिव्दन्दी नेवि सघका सोयल थकालीले जम्मा ९ मत प्राप्त गरेका थिए ।

हिँजै विहान घोषित नतिजा अनुसार अखिलका सीता श्रेष्ठ र अंकिता पुन क्रमश सचिव र कोषाध्यक्ष निर्वाचित भएका छन् ।

समानुपातिक तर्फ अनेरास्ववियुले १४ र नेवि संघले ५ मत प्राप्त गरेका छन् । २७ जना मतदाता रहेको क्याम्पसमा २४ जनाले मतदान गरेका थिए ।
अनेरास्ववियूले सभापति सहित १० जनाको उम्मेदवारी दर्ता गराएकोमा सो प्यानलबाट समानुपातिक सदस्य तर्फ भीम कुमारी पुर्जा, सल्मा थकाली, विश्वास थकाली र खुल्ला सदस्य तर्फ ममिला किसान, रोशनी श्रेष्ठ, प्रतिक्षा परियार र रविन पाइजा सर्वसम्मत चयन भएका थिए ।

विगत ३ वर्ष देखि स्नातक तहको कक्षा संचालन हुँदै क्याम्पसमा पहिलो पटक स्ववियु निर्वाचन भएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.