सपिङ मल निर्माण गरेरै भएपनी सरकारले व्यवसाय गर्न दिन्छः मन्त्री लम्साल

माधब पराजुली, पोखरा २०७५ साउन १९ । गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले व्यवसाय गर्न खोज्नेहरु लाई सपिङ महल निर्माण गरेरै भएपनी राज्यले व्यवसाय गर्ने अवसर दिने बताएका छन् । शनिवार शर्वेश्वर व्यवसायी समितिको सातौँ साधारणसभा लाई सम्बोधन गर्दै मन्त्री लम्सालले जनतालाई लाभ दिने कुरा सरकारको प्राथमिकतामा रहेको भन्दै व्यापार गर्न खोज्नेहरु लाई सपिङ मल निर्माण गरेरै भएपनी व्यापार गर्ने अवसर प्रदान गर्ने बताएका हुन् ।

साधारणसभामा बोल्ने व्यापारीहरुले घरभाडा सम्बन्धि समस्या तथा घरबेटीका कारण व्यापार गर्न असहज भएको गुनासो गरेपछी मन्त्रीको यस्तो भनाई आएको हो ।

मन्त्री लम्सालले समय सापक्ष र व्यवसायीको भावना अनुसार सरकारले काम गर्ने भन्दै व्यापार गर्न खोज्ने जोकोहीँ लाई पनि सहजता प्रदान गर्ने बताए । सरकारले व्यवसायीहरुलाई पीडित नबनाउने बताउदै उनले उद्योगी व्यापारीको पेशागत हकहित र संरक्षणको लागी प्रदेश सरकारले नयाँ ठोस निती अवलम्बन गर्ने बताए । प्रदेश सरकारले समृद्धिका आधारहरु बजेटमा समावेश गरिसकेको छ मन्त्री लम्सालले भने“ जनताका चाहना र अपेक्षा अनुसार काम गर्न प्रदेश सरकारले मसिनो गरि अध्ययन गरिरहेको छ” ।

सोही अवसरमा मन्त्री लम्सालले कर छली गर्न खोज्ने जोकोहीँ लाई पनि कानुनको दायरामा ल्याएर कडा कार्बाही गरेरै छाड्ने चेतावनी समेत दिए ।
सोही अवसरमा गण्डकी प्रदेशका सांसद दिपक कोईरालाले पुजीको वृद्धी गर्न स्वच्छ प्रतिस्पर्धा गनुपर्ने बताउनुभयो । उहाँले देशमा राजनितिक संक्रमण सकिएको र व्यवस्थापकीय संक्रमणमा देश रहेको बताउदै सरकारको काम प्रति आलोचना गर्ने बेला भईनसकेको बताए ।
शर्वेश्वरी व्यवसायी समितिका अध्यक्ष सन्तोष पौडेलले सरकारले व्यापारीहरुलाई मारमा पारेर करको दायरा बढाई देशको अर्थतन्त्र बलियो बनाउने भन्दा पनि करको दायरमा नआएका जति पनि उद्योगी संस्थाहरुलाई करको दायरमा ल्याई देशको अर्थतन्त्र वृद्धि गर्नुपर्नेमा जोड दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *