निलगिरी सहकारीव्दारा राहत प्रदान

बागलुङ २०७५ साउन १८ । निलगिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङले सामाजिक सुरक्षा राहत रकम प्रदान गरेको छ । सहकारी संस्थाले शेयर सदस्य टिका जिसीका ससुरा अम्मरबहादुर जिसीको निधन भएकोमा राहत प्रदान गरेको हो । संस्थाका पदाधिकारीहरुको टोलीले बानपा २ माझकोट स्थित घरमै गएर राहत रकम हस्तान्तरण गर्नुका साथै शोक सभा गरेको छ । संस्थाका अध्यक्ष नारायण पौडेलले स्वर्गिय जिसीका आफन्तलाई नगद पा“च हजार रुपैया राहत प्रदान गरेका हुन् ।

राहत रकम प्रदान गर्दै अध्यक्ष पौडेलले, जिसीको निधनले समाजमा अपुरणीय क्षेती पुगेको बताए । उनले यस शोकाकुल घडीमा शोक सन्तप्त परिवार प्रति धौर्य धारण गर्ने शक्ति प्रदान होस भन्ने कामना व्यक्त गरेका थिए ।

शेयर सदस्य तथा परिवारका सदस्यको निधन हुदा सहयोग गरिने कोषबाट संस्थाले शेयर सदस्य टिका जिसीका ससुराको निधन प्रति शोक व्यक्त गर्दै परिवारलाई राहत रकम प्रदान गरेको छ ।

राहत हस्तान्तरण कार्यक्रममा संस्थाका उपाध्यक्ष डिल्लीप्रसाद गौतम,सचिव मिलन केसी,सदस्य प्रदिप पन्त,प्रबन्धक डिल्लीप्रसाद शर्मा,शेयर सदस्य हरिप्रसाद शर्मा र खगनाथ शर्माको उपस्थिति रहेको थियो । शोक सभाको संचालन संस्थाका सचिव केसीले गरेका थिए । जिसीको यहि साउन १० गते ९३ बर्षको उमेरमा निवासमा निधन भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *