निरन्तर बर्षाका कारण गल्कोट देखि ताराखोला जोड्ने मोटरबाटो अवरुद्ध

गृमानसिँह भण्डारी, गल्कोट २०७५ साउन १८ । गल्कोट देखि ताराखोला जोड्ने मोटरबाटो अवरुद्ध बनेको छ । निरन्तरको बर्षातका कारण ताराखोला गाउपालिका वडा नम्बर ३ सादीमा मोटरबाटो माथीदेखि झरेको पहिरोका कारण गत १६ गतेदेखि अवरुद्ध बनेको स्थानिय पृथ्वी सुवेदीले बताए । मोटरबाटो अवरुद्ध हुदाँ दैनिक रुपमा चल्ने ८ ओटा पिकअप, ६ ओटा ट्याक्टरलाई आवतजावतमा समस्या भएको छ । गाडी नचल्दा अहिलेको सिजनमा ताराखोलामा उत्पादन भएको आलु, सँगै टायल र स्थानियलाई आवतजावत गर्न समस्या भएको सुवेदीले बताए ।

गत महिना समेत उक्त ठाउमा पहिरो झरेको थियो । ताराखोला गाउपालिकाले पहिरो झरे लगत्तै सफाई गरेको थियो । गत साउन १६ गते झरेको पहिरो पनि अबको केहि दिनमा सफाई गरिने बताईएको छ । यतिबेला ताराखोलामा उत्पादन भएको आलु बजारीकरण गर्ने माहोल चलिरहेका बेला मोटरबाटो अवरुद्ध हुदाँ बजारसम्म पु¥याउन समस्या भएको ब्यापारी देबराज न्युरेले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *