प्रेम कुमारी मृत्यु प्रकरण : अभियुक्त भरत बहादुर बिकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश !

बागलुङ २०७५ साउन १८ । बुर्तिवाङ बजारमा संजिवलको बोटमा झुण्डिएर मृत अवस्थामा फेला परेकी प्रेमकुमारी बिकको ज्यान सम्वन्धी मुद्दामा जिल्ला अदालत बागलुङबाट मृतकका श्रीमान अभियुक्त भरत बहादुर बिकलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङको अनुसन्धान पछी जिल्ला सरकारी वकिल कार्यालय बागलुङले गत बुधवार जिल्ला अदालतमा पेश भएको सो मुद्दामा हिँजो बिहीबार जिल्ला न्यायाधीश प्रकाश प्रसाद पण्डितको ईजलासले पुर्पक्षका लागी थुनामा राख्ने आदेश दिएको हो ।

अभियुक्त विकले कुनै कानून व्यवसायी नराखेपछी वैतनिक अधिवक्ता राधाकृष्ण ज्ञवालीले उनको पक्षबाट बहस गरेको श्रोतले बतायो ।
यो पनि पढौं
भाई भन्छन, मेरो दिदी प्रेमकुमारीको हत्या भएको छ, हत्यारा उम्कन नपाओस !

प्रेमकुमारी बिकको आत्महत्या शंकास्पद : त्यस राति श्रीमानले कुटपीट गरेका थिए- रसाईली

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *