परिवर्तनको संवाहककोरुपमा राष्ट्रसेवक कर्मचारीले सेवाप्रवाह गर्न प्रदेश मन्त्री बस्नेतको निर्देशन !

बागलुङ २०७५ साउन १७ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले राष्ट्रसेवक कर्मचारीहरुलाई परिवर्तनको संबाहकको रुपमा जनतालाई केन्द्रविन्दुमा राखेर सम्मानका साथ सेवाग्राहीहरुलाई सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।

प्रदेश मन्त्री बस्नेतले जिल्ला प्रशासन कार्यालय बागलुङमा आयोजित कार्यालय प्रमुख तथा सूचना अधिकारीहरुको अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै यस्तो निर्देशन दिएका हुन् ।

मन्त्री बस्नेतले बागलुङ जिल्लाको भौतिक विकास, बिद्युत, सडक, जलप्रकोपबाट उत्पन्न हुने समस्या र विपद व्यवस्थापनमा प्रदेश सरकारबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी धिरेन्द्र पन्तले ईबागलुङलाई जानकारी दिए ।

अन्तरक्रिया कार्यक्रममा प्रदेश सांसदहरु इन्द्रलाल सापकोटा, कृष्ण थापा र सावित्रा रानाको समुपस्थिति रहेको थियो ।

अन्तरकृया कार्यक्रमको अध्यक्षको आसनबाट बोल्दै प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले मन्त्रीज्यरुबाट प्राप्त निर्देशनको सबै कार्यालयहरुबाट सक्रियताका साथ कार्यान्वयन गरिने प्रतिबद्धता जाहेर गर्दै प्राप्त निर्देशन प्रति हार्दिक आभार व्यक्त गरेका थिए ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत केशव लामिछानेले बागलुङ जिल्लाको विविध पक्षहरुमाथि प्रकाश पारेका थिए भने जिल्ला वन कार्यालयका प्रमुख बिशाल घिमिरेले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रमको सन्चालन प्रशासकीय अधिकृत पन्तले गरेका थिए ।

प्रदेश मन्त्री बस्नेत जिल्ला प्रशासन कार्यालयमा आईपुग्दा प्रजिअ खरेलले स्वागत गरेका थिए ।

प्रदेश मन्त्री बस्नेत २०७५ असार १२ गते बरेङ गाउपालिकाको धुल्लुबास्कोटमा पहिरोबाट भएको क्षतीको निरीक्षण गर्न त्यसतर्फ प्रस्थान गरेका छन् ।
स्मरणीयछ, बरेङ गाउपालिकाको धुल्लुबास्कोट लुरुङ माथीको चुत्रेनी बनबाट झरेको पहिरोले पुरिदा ४० वर्षका विष्णुबहादुर खत्री र उनकै श्रीमती वर्ष ३५ की विष्णु खत्री र काखमा रहेकी ३ महिनाकी छोरीको मृत्यु भएको थियो हो ।

तस्वीर सौजन्य- अर्जुन ढकाल, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *