निसी भुजी क्याम्पसमा समन्वयको अभाबमा स्ववियु चनाव हुन सकेन !

छबिलाल पाण्डे / बुर्तिबाङ २०७३ फागुन १८ । आज देशभरका अधिकाँश क्याम्पसमा त्रिभुवन बिश्वबिद्यालयको निर्देशन बमोजिम स्वतन्त्र बिर्धार्थी युनियनको चुनाब भएका छन् । त्यस्तै बागलुङको धौलागिरी बहुमुखी क्याम्पस, गल्कोटको गल्कोट बहुमुखी क्याम्पसमा समेत चुनाब भईरहँदा बुर्तिबाङमा रहेको निसीभुजी क्याम्पसमा भने चुनावले छुन सकेन । क्याम्पस प्रसाशनकै सक्रियताको कमिका कारण चुनाब हुन नसकेको बिर्धार्थीहरुले बताउँदै आएका छन् ।

करीब एक महिना सम्म चुनाबको तयारीका लागि समय हुँदा समेत निर्वाचन ब्यबस्थापन समिती गठन गर्न नसकेको क्याम्पसले आज मात्रै बिहान ९ बजे निर्वाचन समिती गठन गर्नका निम्ती तिन जना प्रध्यापकलाई छलफलका लागि बोलाएपनी नआएको क्याम्पस प्रमुख कृष्ण कान्त आर्चायले बताए ।
उनका अनुसार पहिले क्याम्पसको रजत महोत्सब र सार्वजनीक बिदाका कारण तयारी नभएको र पछिल्लो समयमा प्रध्यापकको चासो नहुँदा निर्धारीत समयमै चुनाब हुन नसकेको बताए ।

सामुदायिक क्याम्पस भएका कारण अब कहिले र कसरी चुनाब हुने हो त्यो भने अन्यौलमय बनेको छ । चुनाबका लागि बिर्धार्थीहरुले एक महिना देखि चासो दिँदा समेत बेवास्ता भएको प्रथम बर्षमा अध्यनरत बिर्धार्थी शिव चालिसेले बताए । उता क्याम्पस ब्यबस्थापन समितीका अध्यक्ष धीर प्रताप सिँहले व्दितीय र तृतीय श्रेणिका बिद्यार्थी समयमा भर्ना नभएका कारण तोकिएको समयमा निर्वाचन हुन नसकेको बताउँदै बिधार्थी भर्ना भएमा चुनाब हुने बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *