बेलायतको राष्ट्रिय पुरस्कारका लागी नोमिनेट हुने बागलुङका युवा व्यवसायी पौडेल पहिलो नेपाली

बागलुङ २०७५ साउन १७ । बागलुङका युवा ब्यबसायी कृष्ण पौडेल बेलायतको प्रतिष्ठित पुरस्कार LCN Awards 2018 को लागी नोमिनेट भएका छन। यो नोमिनेसन उनले हालै संचालन गरेको Hobsmoat Launderette को लागी हो। यो एक घरायसी एंव औद्योगिक क्लिनिङ कम्पनी हो।यो कम्पनी बेलायतका धनाड्यहरु बस्ने शोलिहुल नामको नगरमा छ।

बागलुङ साबिकको सर्कुवा,मौलाछका कृष्ण पौडेलले करिब तिन बर्ष पहिला यो ब्यबसाय शुरु गरेका थिए। ब्यापक अनलाईन सर्बे, गुगल रिभ्यु, गुगल भ्यु, गुगल म्यापको डेस्टिनेसन फोलो, उपभोक्ताको पोस्टल धारणाको आधारमा यो पुरस्कारको निर्णय हुने गर्दछ।

सेप्टेम्बर २७ मा व्यापक समारोहको साथ घोषणा हुने यो राष्ट्रिय पुरस्कार हात पार्नको लागी प्रतिष्ठित कम्पनीहरुले बर्षौको मेहनेत गरेका हुन्छन। यदि यो पुरस्कार कृष्णले प्राप्त गरेमा यो केबल उनको लागी मात्र नभई यो एक गौरबको बिषय हुनेमा दुईमत हुने छैन।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *