ड्रिमवेले सुविधासम्पन्न रात्रिबस सेवा सन्चालनमा ल्याउने

झरना कँडेल, पोखरा २०७५ साउन १५ । ड्रिमवे टुर्स एण्ड ट्राभल्सले पोखरा काठमाण्डौ रात्रि बस सेवा सञ्चालनमा ल्याउने भएको छ । पोखराबाट विभिन्न गन्तव्यका लागि व्यवसायीहरुविच गुणस्तरीय बस सेवा सञ्चालनको होडबाजी चलिरहेका बेला ड्रिमवे टुर्स एण्ड ट्राभल्स पोखराले आरामदायी र सुविधा सम्पन्न रात्री बस सेवा सञ्चालनमा ल्याउन लागेको हो ।

आगामी १८ गते देखि संचालनमा आउने उक्त बस पोखराको लेकसाईबाट हरेक साँझ आठ बजे छुट्नेछ भने काठमाण्डौबाट पनि सोही समयमा छुट्नेछ । आन्तरीक र बाह्य दुवै नागरीकका लागि लक्षित गर्दै उक्त बस सेवा संचालन गरीएको कम्पनिका संचालक सुवास पहारीले जानकारी दिए । “बसमा यात्रा गर्दा आरामदायी सिट त छदैछ, फुल एयर सस्पेन्सन, मोबाईल चार्जर ,ब्लांङ्केट, मिनरल वाटर, स्न्याक्स, बस कर्मचारीव्दारा गरीने सम्मानपूर्ण ब्यबहार, बसभित्रै ट्वाईलेट र वाथ रुम, लगायतका सुविधाहरु हाम्रा विशेषता हुन् ।” पहारीले भने ।

सुविधासम्पन्न रात्रिबस सेवाले पोखराको पर्यटन प्रबद्र्धनमा पनि ठूलो टेवा पुर्याउने उनको विश्वास रहेको छ । विगत लामो समयदेखि ट्राभल्स र बस सेवामा अनुभव बटुलेका संचालक पहारीले भविष्यमा आवश्यकता अनुसार थप बस संञ्चालन गर्ने तथा यात्रुको सेवा सुविधामा वृद्धि गर्ने आफ्नो योजना रहेको बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *