दुर्व्यसन रोक्न आमाहरुको भूमिका महत्वपूर्ण !

बागलुङ, २०७३ फागुन १८ । समाज रुपान्तरणका लागि वाधक बन्दै आएको दुव्र्यसन नियन्त्रण गर्नका लागि आमाहरुको सचेतना आवश्यक रहेको बुधवार बागलुङमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन्,।

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले सुरु गरेको ‘दुर्व्यसन विरुद्ध आमाहरु’ विषयक सचेतना कार्यक्रम अन्तरगत बुधबार कुडुँलेमा सम्पन्न कार्यक्रममा सहभागी महिलाहरुले आमाहरुको भूमिकाका बारेमा चर्चा गरेका हुन् ।

छोरा छोरीहरुसंग आमाहरु धेरै समय संगै हुने भएकाले उनीहरुलाई सुधार गर्नका लागि आमाहरु नै बढी सचेत हुनु पर्नेमा उनीहरुको जोड थियो ।

दुव्र्यसन न्यूनिकरण गर्न घरपरिवार, विद्यालय, समाज सबैको भूमिका हुने भन्दै उनीहरुले त्यसमा पनि आमाहरुको सचेतना थप प्रभावकाररी हुने भएकाले सचेत रहन आग्रह गरेका थिए ।

युवा पुस्ता दुर्व्यसन मा फस्दै गएको समयमा आमाहरु सचेत भए सन्तानलाई पनि सचेत गराउँन सकिने र असल समाज निर्माण हुने उनीहरुको भनाइ थियो ।

कार्यक्रममा दुव्र्यसनका विषयमा सहजीकरण गर्दै जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी सहायक निरीक्षक विदुर तिमिल्सिनाले लागु पदार्थ दुव्र्यसन समाज विकासको वाधक भएकाले सबै मिलेर नियन्त्रण गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा सहकारी र दुव्र्यसनबीचको सम्बन्ध तथा सहकारीका सदस्यहरुको भूमिका लगायतका बारेमा आदर्श सञ्चार सहकारी संस्थाका सम्पादक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जि.सी.ले सहजीकरण गरेका थिए ।

उनले सहकारी मार्फत केबल बचत तथा ऋणको काम मात्र नगरी समाज रुपान्तरणका विविध गतिविधि सञ्चालन गर्नु पर्ने बताए ।

कार्यक्रममा बागलुङ नगरपालिकाका प्रशासन शाखा प्रमुख नेत्र प्रसाद सापकोटा, संस्थाका शेयर सदस्य रीतादेवी शर्मा, सामजिक परिचालक शारदा शर्मा, नागरिक सचेतना केन्द्रका संयोजक गीता वोहोरा, नागरिक वडा मञ्चका अध्यक्ष सविता के.सी.लगायतले बोलेका थिए ।

कार्यक्रम आदर्श सञ्चार सहकारी संस्थाका सह–सचिव ललिता थापाको अध्यक्षता, कर्जा विभागका नविना थापाको स्वागत र व्यवस्थापक भुपेन्द्र के.सी. को सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा वडा नागरिक सचेतना केन्द्रमा आवद्ध ६५ जना महिलाहरुको सहभागिता रहेको थियो ।

दुव्र्यसन विरुद्ध आमाहरु अभियान अन्तरगत यस अगाडि बानपा ७ र ८ मा कार्यक्रम सम्पन्न भइसकेको छ भने बानपा ६ मा फागुन २१ गते, बानपा ११ मा फागुन २८ गते, बानपा ९ मा चैत ५ गते, बानपा ३ मा चैत १२ गते, २ मा चैत १९ गते, बानपा १ मा चैत २६ गते तथा बानपा ४ र ५ मा आगामी बैशाख पहिलो र दोस्रो साता सचेतना अभियान सञ्चालन गरिने संस्थाले जनाएको छ ।

यस्तै यसै आर्थिक वर्षमा ७ वटा गाविसहरु पाला, भीमापोखरा, धम्जा, तंग्राम, रेश, सिगाना र रायडाडामा समेत अभियान सञ्चालन गरिने भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.