ताराखोलामा ट्याक्टर दुर्घटना हुदा एक बालकको मृत्यु

पूर्ण भद्र निउरे, बागलुङ २०७५ साउन १५ । ताराखोलामा हिँजो सोमबार बेलुकी ट्याक्टर दुर्घटना हुदा एक बालकको मृत्यु भएको छ । ताराखोला गाउँपालिका वडा न ५ औलादीबाट गल्कोट हटिया तर्फ टायल ढुङ्गा लियर जाँदै गरेको ध १ त २७१ न को ट्याक्टर सोही वडा को मपेस खोलामा दुर्घटना हुदा गल्कोट नगरपालिका वडा न ७ मल्मका १२ बर्षिय सुजन बि कको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी नायब निरीक्षक सानू काजी बिष्टले जानकारी दिए ।

ओरालोमा ट्याक्टरको ब्रेक फेल हुदा ट्याक्टर अनियंत्रित भएको र ट्याक्टरमा सवार बालक आत्तिएर हाम फाल्दा सोही ट्याक्टरको टायरले किचेर घाइते भएका बि क लाई उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आयको इ प्र का ले जनाएको छ ।

मृतक सुजन बिक सोमबार बिहान सोही ट्याक्टरमा ताराखोलामा दिदीको घरमा गएर फर्किने क्रममा दुर्घटनामा परेका हुन। ब्रेक फेल भै अनियंत्रित भएको ट्याक्टर मोटर बाटोको कुनामा ठोक्किएर अडिएकाले थप दुर्घटनाबाट जोगिएको हो । ट्याक्टर चालक ग न पा ७ मल्म का ईश्वर थापालाई नियन्त्रणमा लिइ ईलाका प्रहरी कार्यालय हरिचौरमा राखिएको छ ।

मृतकको शब पोस्टमाटमका लागि प्राथमिक स्वास्थ केन्द्र हरिचौरमा चिकित्सक नभएकोले बागलुङ लैजाने तयारी गरिएको इलाक प्रहरी कार्यालय हरिचौरका प्रहरी नायब निरीक्षक मन बहादुर बि कले जानकारी दिए । घटना बेलुकी ७ बजे नै घटेको भए पनि राती अबेर मात्र जानकारी गराएकोले बिहान मात्र इलाका प्रहरी कार्यालय ताराखोला र हरिचौरको सयुक्त टोली घटना स्थलमा पुगेको र घटनाको बारेमा अनुसन्धान भै रहेको जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *