नरेन्द्रको स्वास्थ्यमा सुधार, रकम अभावले परिवारमा चिन्ता, जापानमा ४ लाख ५० हजार संकलन !

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७५ साउन १४ । ए प्लास्टिक एनिमियाको उपचार गराई रहेका कलाकार नरेन्द्र घर्तीको उपचार सहयोगको लागि रकम संकलन जारी रहेको छ । जापानमा एनआरएनका पूर्व अध्यक्ष नरबहादुर थापा, ताराखोला गाउपालिका वडा ५ का लाल बहादुर घर्ती, लिल शंकर विश्वकर्माले जापानबाट जापानमा रहेका नेपाली तथा अन्य देशका नेपालहिरु संग फेसबुक समुह संचालन गरेर रकम संकलन जुटिरहेको लालबहादुर घर्तीले जानकारी दिएका छन्। उनले रकम संकलन अभियान चलिरहेको बताए ।

विभिन्न देशका पनि आह्रान गरेका छौ यहा पनि रकम बोल्ने क्रम चलिरहेको छ, नरेन्द्र घर्ती एक गीतकार कलाकार भएको सबैलाई जानकारी छ, उपचारकोलागि ठुलो रकम चाहिने हुनाले हामी सबैले सहयोग गर्ने जरुरी रहेको बताउदै भन्दै घर्तीले भने रकम र17470-87585111मा र 12320-38071391 रकम जम्मा गरिदिन अनुरोध गरेका छन् ।

फेसबुक समुहको अनुसार लालबहादुर घर्तीले जापान र विभिन्न देशका गरि ३ लाख ३१ हजार हाराहारी रकम र नरबहादुर थापाले पोष्ट गरे अनुसार १ लाख १० हजार चानचुन बोल रकम रहेको छ । यस अनुसार ४ लाख ५० हजार भन्दा बढी रकम संकलन भएको छ ।

यता नरेन्द्र घर्तीको उपचार भै रहेको र औषधीको सकरात्मक असर भएको महसूस गरेको उनीसँगै सााााथामा रहेकी खुसी बुढाले बताईन् । सांसद देवेन्द्र पौडेलले पनि सरकारी क्षेत्रबाट सहयोगको पहल गर्ने सुरुबाट नै बताउदै आएका हुनाले नरन्द्रका परिवार विश्वस्त देखिएका छन् ।

तस्वीर- नरेन्द्र, उनकी बहिनी (बिच) र श्रीमती ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *