पर्वत नयाँपुलमा बिपरीत दिशाबाट आएका बस र जीप ठोक्किदा १७ जना घाईते !

पर्वत २०७५ साउन १४ । पोखराबाट म्याग्दी जाँदै गरेको बस र म्याग्दीबाट पोखरा आउदै गरेको जीप एकापसमा ठोक्किदा पर्वत नयाँपुल नजिक दुर्घटनाहुँदा १७ जना घाईते भएको प्रहरीले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार पोखराबाट म्याग्दी बेनी तर्फ जाँदै गरेको ग १ ख ६४०४ नम्बरको मिनीबस र पोखरा तर्फ आउँदै गरेको नम्बर ग १ ज ६३०७ नम्वरको जीप ठोक्किएर दुघृटना भएको थियो ।

दुर्घटनामा घाईतेहरुमध्य अधिकांश पोखराका १४ जना भएकाले थप उपचारका लागि पोखरा जाने भनेर गएको अस्पताका सूचना अधिकारी तीर्थराज गौतमले ईबागलुङलाई जानकारी दिए । गौतमका अनुसार एकजना खुट्टा फ्र्याक्चर भएका घार्यतेले धौलागिरी अन्चल अस्पतालमा उपचार गरी पोखरा रिफर गरिएको थियो । घाईतेहरुको अवस्था त्यति गम्भीर नभएकोले घाईतेहरु स्वय. पोखरा गएको गौतमले बताए ।

म्याग्दी जिल्लका तीन जना घाईतेको भने धौलागिरी अन्चल अस्पतालमा उपचार भैरहेको अस्पताल श्रोतले जानकारी दिएको छ ।

तस्वीर- मिथुन भण्डारी, ईबागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *