उपचाररत पत्रकार रानालाई जापानबाट ६१ हजार सहयोग

सुमन थापा बागलुङ २०७५ साउन १४ । जापान नेपाली एकता समाज ओसाकाले एप्लाष्टिक एनेमिया पीडित नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष विजय रानाको उपचारको लागि सहयोग रकम पठाएको छ ।

काठमाण्डौको सिभिल सर्भिस अस्पतालमा उपचाररत रानालाई समाजले ६१ हजार ४ सय ४८ रुपैयाँ पठाएको हो ।

ए–प्लाष्टिक एनोमिया रोगको उपचार गराईरहेका रानाको उपचारको लागि रकमको अभाव नहोस भनि रकम सहयोग गरेको सचिव मेघराज सापकोटाले जानकारी दिए ।

एकता समाज ओसाका, सचिव सापकोटा र केन्द्रिय सचिव तेजेन्द्र क्षेत्रीको पहलमा रकम संकलन गरिएको थियो ।

रानाको उपचारको लागि हाल सम्म १८ लाख ६० हजार रुपैयाँ खर्च भइसकेको परिवारले जनाएको छ । अस्पताल श्रोतका अनुसार एप्लाष्टिक एनेमियाको औषधी अत्यन्त महङ्गो हुने भएकाले थप १० लाख रुपैयाँ सम्म खर्च हुन सक्ने बताइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *