गल्कोट बहुमुखी क्याम्पसमा नेबि संघ विजयी, हटियामा नेविसंघको विजय जुलुस !

गल्कोट २०७३ फागुन १८ । आज सम्पन्न स्ववियु निर्वाचनमा हटिया स्थित गल्कोट बहुमुखी क्याम्पसमा नेवि संघको प्यानल विजयी भएको छ ।

नेवि संघका अध्यक्षका उम्मेदवार गुमानसिँह भण्डारी ७२ मत ल्याएर विजयी भएका छन्् भने प्रतिव्दन्दी अखिल प्यानलकी जीवनकला खत्रीले ५५ मत प्राप्त गरेकी थिईन् ।

सहकर्मी बिपिन थापाका अनुसार स्ववियुको सचिव पदमा नेविसंघकी जमुना पुन ६६, कोषाध्यक्षमा नविना चालिसे ७०, सदस्यहरुमा खिमा गौतम ७४, दीपा गौतम ७२, कमल दर्जी ७१ र मधु खत्रीले ७० मत ल्याएर विजय भएका छन् । अहिले नेविसंघले हटिया विजय जुलुस निकाली रहेको छ ।

समानुपातिक तर्पm नेविसंघले ७१ र अखिल प्यानलले ५७ मत प्राप्त गरेको छ ।

यता धौलागिरी बहुमुखी क्याम्पसमा भने केहि समय अघि मतदान सम्पन्न भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *