आजको तस्वीर : गौरीधाम शिवमन्दिरमा श्रद्धालुको घुँईचो !

बागलुङ २०७५ साउन १४ । आज साउन महिनाको दोश्रो सोमबार बिहान सवेरै देखी शिव मन्दिरहरुमा श्रद्धालु भक्तहरुको भीड लागेको छ । श्रद्धालुहरुले भगवान शिवको जलाभिषेक गरिरहेका छन् । बागलुङ कालिका भगवती मन्दिर, बागलुङ नगरपालिका उपल्लाचौर स्थित गौरीधाम शिवमन्दिर, पर्वत खनियाबास स्थित शिवालय मन्दिर, कुस्मा स्थित गुप्तेश्वर गुफा, म्याग्दी गलेश्वस स्थित शिवालयमा अहिले श्रद्धालुहरुको भीड देखिन्छ ।

हिन्दुधर्मावलम्वीहरुमा साउन महिनाको सोमबारको विशेष महत्व राख्दछ । सोमबार चन्द्र ग्रहको दिन मानिन्छ र चन्द्रमाको नियन्त्रक भगवान शिव मानिन्छ । त्यसैले आज पूजादि गर्नाले भगवान शिवको कृपा मिल्छ भन्ने मान्यता रहि आएको छ ।

साउन महिनाको प्रत्यक सोमवार विधिपूर्वक भगवान शिवको पूजा अराधना गरेमा रोगव्याध होस् या बिबाह आदिमा आउने बाधा अड्चन या अन्य बाधाहरुबाट पार पाउने विश्वासका साथ श्रयद्धालुहरुको शिव मन्दिरहरुमा घुईँचो लागको हो । साउन महिनाको सोमवार खासगरी विवाह तथा सन्तानको समस्याहरुका लागि अचूक मानिन्छ ।

साउन महिनामा हिन्दु नारीहरु हातमा मेहँदी, हरियो चुरा र वस्त्र पहिरने प्रचलन रहेको छ ।

तस्वीर- लक्ष्मी कुमाल, ईबागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *