कतारमा नरेन्द्र बचाउ अभियानमा ८० हजार संकलन !

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७५ साउन १४ । ताराखोला गाउँपालिकाका नरेन्द्र घर्ती बचाउ अभियानमा बागलुङ ताराखोला जन्मे हुर्केर गल्कोट स्थायी बसोबास गर्दै आएका कतारमा कार्यरत बालसिह परियारको पहलमा घर्ती बचाउ अभियान सरु गरेको ३ दिनमा ८० हजार नेपाली रुपैयाँ रकम २५ जनाले बोलेको परियारले बताएका छन् । परियारले आउदो शुक्रबार सम्म रकम संकलन गरि विरामीको उपचारार्थ बुझाउने बताए ।

नरेन्द्र घर्ती रगत उत्पादन नहुने रोगले ग्रसित छन उनको उपचारको लागि ३० र३५ लाख रुपैयाँ आवश्यक छ । कतारमा बालसिह परियारले आफैले ७५ सय रुपैयाँ रकमबाट अभियान संचालन गरेको बताए । उनले नेपालका आफ्नो सम्पर्कमा रहेका सबैलाई रकम उठाउन अनुरोध गर्ने बताए ।

परियार बागलुङ सेवा समाजका भुतपुर्व अध्यक्ष हाल बरिष्ठ सल्लाहकार गल्कोट मिलन केन्द्रका अध्यक्ष समेत रहेका छन् ।
त्यस्तै संगितकार विवि अजुरागी, थानेश्वर गौतम, नव सिजस्ना युवा क्लब ताराखोला ४ तथा जापानमा रकम संकलन गरिराखेका छन् । घर्तीलाई हाल औषधि उपचार गरिरहेको जानकारी शारदा घर्तीले दिईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *