नेपाल बैंक बुर्तिबाङमा सन्ध्याकालीन सेवा सुरु : यस वर्षको मुनाफा ३ करोड ३७ लाख !

राम सुवेदी, बुर्तिबाङ २०७५ साउन १३ । नेपाल बैंक लिमिटेड बुर्तिबाङ शाखाले आजदेखि मन्ध्याकालीन सेवा सञ्चालन गरेको छ । हरेक विहान १० वजेदेखि साँझ ५ वजेसम्म सेवा सञ्चालन गर्दै आएको बैंकले आजदेखि हरेक आइतबारदेखि विहिबारसम्म अतिरिक्त १ घण्टा साँझको समय बढाएर सेवाग्राहीका लागि सेवा थप गर्ने बैंकका शाखा प्रबन्धक सुरज घिमिरेले बताए । शुक्रबार पनि दिउँसो १ वजेसम्म सेवा दिएकोमा आवदेखि ३ वजेसम्म सेवा विस्तार गर्ने शाखा प्रबन्धक घिमिरेले बताए ।

विद्यालयका शिक्षक, निजामती तथा निजी क्षेत्रका कर्मचारी, उद्योगी, व्यापारीका लागि सेवा विस्तारपछि सहजता ल्याउन बैंकले यस्तो व्यवस्था गर्न थालेको हो । वित्तिय संस्था केवल नाफा मात्रै होइन सामजिक उक्तरदायित्व पनि बहनमा पनि जिम्मेवार बन्नुपर्ने भन्दै सेवा विस्तार गर्न लागेको प्रबन्धक घिमिरेको भनाई छ ।

२०३३ सालमा स्थापना भएको नेपाल बैंक विगतको द्वन्द्वकालीन समयमा विस्थापित भइ बागलुङ सदरमुकाम स्थानान्तरण भएको थियो । देशमा शान्ति वहालीपछि २०७० साल बैषाख २ गते पूर्नस्थापना भएको नेपाल बैंक बुर्तिबाङ शाखाले रेमिट कारोवार सहित जूनसूकै बैंकको चेक बैंक खातामा जम्मा गर्नसक्ने, ईसिसि सेवा, जूनसूकै बैंकको खातामा रकम जम्मा गर्न मिल्ने–आईपियस सेवा, डिम्याट खाता, ईआस्वा मार्फत सेयर भर्न मिल्ने तथा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिग, एटियम सेवा, राजस्व कारोबार, सरकारी कारोबार र पेन्सन कारोबार लगायतका सेवाहरु सञ्चालन गरिरहेको छ ।

शाखाबाट ६ हजार बढी ग्राहकहरुलाई प्रत्यक्ष सेवा दिइरहेको शाखाले २०७५ बैशाखबाट एटियम सेवा सूचारु गरेको छ । बैंकले यस आर्थिक वर्षमा ३ करोड ४७ लाख खुद मुनापाm गरेको शाखा प्रबन्धक घिमिरेले बताउनुभएको छ । करिव ३७ करोड बढी बैंकले लगानी गरेको बताइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *