निगालपानीमा काठे साँघु जीर्ण बनेपछी खोला वारपार गर्न समस्या !

टिकाराम भट्टराई बुर्तिवाङ २०७५ साउन १३ । गत वर्ष स्थानीयको पहलमा निर्माण गरिएको काठे साँघु जीर्ण भएपछी स्थानीयलाई खोला वारपार गर्न समस्या परेको छ । बडीगाड गाउँपालिका वडा नम्बर १० दर्लिङ र निगलपानीको सिमानामा रहेको रनाममा निर्माण गरिएको साघुँ पछिल्लो समय जिर्ण बने पछि स्थानिय लगायत बिद्यार्थीहरु समस्यामा परेका हुन । निगलपानीमा रहेको भानु आधारभुत विद्यालयमा कक्षा ८ सम्म अध्ययन पछि पढ्नको निम्ति सोहि साघुँ तरेर विद्यार्थीहरु दर्लिङ माध्यमिक विद्यालयमा जाने गरेका छन भने अन्य गाउँबासीहरु पनि आवतजावत गर्ने गरेको स्थानिय चुडा लाल रसाईलीले बताए ।

ठाडो खोला हिउँदको समयमा केहि सानो भए पनि बर्षयामको समयमा भने तर्न सकिदैन रसाईलीले भने “ एउटा पुलको खाचो हामीलाई पहिले देखि नै थियो,जनतन पोहोर साल साघुँ बनाएका थिर्यौ, अहिले त त्यो पनि कुहिएछ दैनिक रुपमा विद्याथीहरु आवत जावत गर्नु पर्दछ,निकै जोखीम छ ।”

हामीलाई स्कुल कसरी जाने अनि स्कुलबाट कसरी घर फर्कने भन्ने चिन्ता हुन्छ, निगलपानी घर भई हाल दर्लिङ माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र अर्जुन रसाईलीले भने । हिउँदको समयमा खोला तर्न सकिन्छ तर यो बर्षको समयमा खोलामा पानीको बहाब बड्ने भएकाले एक्लै हिड्न नसकिने अबस्थाको छ ,साघुँ कति खेर भाच्चिएर समस्यामा पार्दछ उनको भनाई थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *