जिज्ञासुद्वारा स्वर्ण जन्मोत्सवको अबसरमा रु ५ लाख भन्दा बढीको अक्षकोषको स्थापना !

महेन्द्र केसी, पर्वत २०७५ साउन १३ । नारी अग्रज स्रस्टा सरस्वती शर्मा जिज्ञासुको स्वर्ण जन्मोत्सवको अबसरमा रु ५ लाख भन्दा बढीको अक्षकोषको स्थापना गरिएको छ ।

आफ्नो ५० औं जन्मोत्सवको अबसर पारेर जिज्ञासुले विमल वाङमय प्रतिभा पुरस्कार अक्षकोषको स्थापना गरेकी हुन् । माधुरी साहित्य प्रतिष्ठानको मातहतमा रहनेगरी स्थापना भएको उक्त अक्षयकोष ५ लाख ५० हजार बरारबरको रहेको छ ।

कार्यक्रममा विभिन्न साहित्यकारहरुको जमघट रहेको थियो । साहित्यकार प्रेम छोटाले प्रमुख अतिथीको रुपमा बोल्दै जिज्ञासुले गरेको कार्यको प्रशंसा गरे । सोही अबसरमा जिज्ञासुको बायोग्राफि भिडियो समेत देखाईएको थियो । जिज्ञासुले गरेका कार्यहरुलाई उक्त भिडियोमा समावेश गरिएको छ ।

जिल्लामा रहेर माधुरी साहित्य प्रंतिष्ठानबाट नव माधुरी समेत प्रकाशन गरी सम्पादन समेत गर्दै आएकी जिज्ञासु साहित्य, पत्रकारिता, समाजसेवा र राजनीतिक क्षेत्रमा समेत सक्रिय रुपमा रहेकी छिन् ।

कार्यत्रममा बागलुङ, म्याग्दी र पर्वत जिल्लामा रहेका साहित्य संगठनहरूको सहभागीता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *