पत्रकार रानाको उपचारार्थ शुभेक्षा रेडियो र सहारा क्लबबाट संकलित रकम हस्तान्तरण !

डम्मर बुढा मगर, बागलुङ २०७५ साउन १३ । कुस्मिसेरा स्थित रेडियो शुभेक्षा तथा सहारा क्लवको पहलमा ए प्लाष्टिक एनेमियाबाट पीडित पत्रकार विजय रानाको उपचारार्थ संकलित ५७ हजार ५ सय रुपैयाँ आईबार नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरिषलाई हस्तान्तरण गरिएको छ ।

रकम प्रदेश सांसद नविनप्रसाद जिसी, रेडियो शुभेक्षाकी स्टेशन म्यानेजर सन्ध्या आचार्य र सहारा क्लवका अध्यक्ष सुरेस सुनारले संघका अध्यक्ष शिरिषलाई हस्तान्तरण गरेका हुन् । नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष रानाको सिभिल सर्भिस अस्पताल काठमाण्डौमा उपचार भइरहेको छ ।

हालसम्म रानाको उपचारको लागि १८ लाख ६० हजार भन्दा बढी खर्च भइसकेको छ । उपचारको लागि अझै ९÷१० लाख खर्च हुने अस्पताल स्रोतले बताएको छ । रानाको उपचारको लागि नेपाल पत्रकार महासंघ बागलुङ शाखाले पहिलो चरणको अभियानमा संकलित ६ लाख ३७ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरि सकेको र दोस्रो चरणको अभियानलाई जारी राखेको महासंका अध्यक्ष शिरिषले बताए ।

रानाको उपचारमा सहयोग प¥याउने उद्देश्यले देश तथा विदेशमा पनि आर्थिक संकलन अभियान सञ्चालन भएका छन् । आर्थिक अवस्था कमजोर भएका रानाको उपचारमा सहयोग प¥याउने उद्देश्य सहित बागलुङ तथा अन्य जिल्लाका धेरै संस्थाले आर्थिक सहयोग अभियान सञ्चालन गरिरहेका छन् भने विदेशमा जापान, दक्षिण कोरिया, साउदी अरब, भारत, मलेसिया लगायतका देशहरुमा पनि अभियान सञ्चालन भएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *