कतारमा पनि नरेन्द्र बचाउ अभियान चलाउदै बालसिह परियार !

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७५ साउन १३ । ताराखोला गाउँपालिका नरेन्द्र घर्ती बचाउ अभियानमा बागलुङ ताराखोला जन्मे हुर्केर गल्कोट स्थायी बसोबास गर्दै आएका कतारमा कार्यरत बालसिह परियारले घर्ती बचाउ अभियान सरु गरेका छन् ।

नरेन्द्र घर्ती रगत उत्पादन नहुने रोगले ग्रसित छन उनको उपचारको लागि ३० र३५ लाख रुपैयाँ आवश्यक छ । कतारमा बालसिह परियारले आफैले ७५ सय रुपैयाँ रकमबाट अभियान संचालन गरेको बताए । उनले नेपालका आफ्नो सम्पर्कमा रहेका सबैलाई रकम उठाउन अनुरोध गर्ने बताए । परियार बागलुङ सेवा समाजका भुतपुर्व अध्यक्ष हाल बरिष्ठ सल्लाहकार गल्कोट मिलन केन्द्रका अध्यक्ष समेत रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *