साताको तस्वीर : बिर्सिदै प्रजातन्त्र दिवस !

यहि २०७३ फागुन ७ गते, प्रजातन्त्र दिवस मनाईयो तर कहाँ कसरी मनाईयो नागरिक धेरैले चाल पाएनन् । यहि चालामाला रहने हो भने फागुन ७ गते प्रजातन्त्र दिवस हो र ? भनेर प्रति प्रश्न गर्नु पर्ने अवस्था नआउला भन्न सकिन्न ।

तर आज भन्दा ५४ वर्ष पहिले पनि बागलुङमा भव्यरुपमा प्रजातन्त्र दिवस मनाईन्थ्यो, सालबसालीरुपमा मनाईदै आएको पनि हो । केहि वर्ष यता प्रजातन्त्र दिवसको महत्व गौण हुँदै गएको छ वा बनाईँदै छ । यो आम नेपालीको निम्ति चिन्ताको विषय हो ।

२०१९ साल फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवसका दिन बागलुङ बजारमा भव्य जुलुसव्दारा नगर परिक्रमा गर्दै गर्दा यस हरफकारले प्रस्तुत चार तस्वीर खिचेको थिएँ ।

पहिलो तस्वीरको अग्रपंक्तिमा बायाँबाट चन्द्रकुमार श्रेष्ठ, स्व. रामलाल शाक्य, स्व. तेजेन्द्र बहादुर खड्का, तत्कालीन अन्चलाधीश स्व. गोविन्द प्रसाद उपाध्याय र लालचन्द्र राजभण्डारी …. अदि रहनु भएको छ । त्यस पछीको दोश्रो तस्वीरमा जुलुसमा सहभागी विद्यार्थीहरु । तेश्रो तस्वीर जुलुसमा सहभागी छात्राहरुको हो । जुलुसको अग्रपंक्तिमा छात्राहरु रहन्थे ।

जुलुसले बजार परिक्रमा गरेपछी टक्सार (हालको जिल्ला प्रशासन कार्यालय) अगाडीको भाग, जस्लाई त्यस बखत टक्सार भनिन्थ्यो, मा आएर आम सभामा परिणत हुन्थ्यो । पहिले आमसभा लगायतका कार्यक्रमहरु टक्सारमा गरिन्थ्यो । खेलकूद कार्यक्रमरुपनि त्यहि गरिन्थ्यो । प्रस्तुत चौथो तस्वीरमा छात्राहरु सियो धागो प्रतियोगिता भाग लिँदैछन् ।

तस्वीरमा देखिनु हुने कति बित्नु भए होला, कति त जीवितै हुनु हुन्छ । जुलुस बागलुङ बजार नारायणस्थान अगाडी आईपुग्दा खिचिएको तस्वीर हो ।

तस्वीर- बिदुर खड्का ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.