प्रजिअ खरेलव्दारा सिसिइभिटीव्दारा सन्चालित प्रवेश परीक्षा निरीक्षण !

बागलुङ २०७५ साउन १३ । सिसिईभीटीव्दारा सन्चालित प्रवेश परीक्षाको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल, प्रहरी उपरीक्षक दीपक रेग्मी तथा शिक्षा ईकाई प्रमुख कुस्मराज उपाध्यायले निरीक्षण गरेका छन् ।

शनिवार विहान बलेवा स्थित धवालागिरी पोलिटेक्निकल ईन्सिटीच्यूटमा सन्चालित प्रवेश परीक्षाम नर्सिङ, ल्याब टेक्निसियन, फार्मेसी, भेटेरेनरी, कृषि लगायत विषयको प्रवेश परीक्ष भएको हो ।

एक संकायमा ३ जना गरी १८ जनाले पूर्ण सरकारी छात्रबृत्तिमा अध्ययन गर्न पाउने यस परीक्षामा एक विषयमा प्रवेश परीक्षा दिने छात्रनै नपुगेको देखिएको प्रजिअ खरेलले जानकारी दिए ।

गण्डकी प्रदेशको बागलुङ, पोखरा र तनहुँ परीक्षा केन्द्रहरुमा प्रवेश परीक्षा लिईएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *