नरेन्द्र बचाउ अभियानमा वाइसिएल बागलुङबाट ५२ हजार सहयोग, सहयोग आउने क्रम जारी !

पूर्ण भद्र निउरे बागलुङ २०७५ साउन १२ । ताराखोला नब सृजना युवा क्लब ताराले संचालन गरेको नरेन्द्र घर्ती बचाउ अभियानमा सहयोग दाताबाट सहयोग आउने क्रम जारी छ । ए प्लास्टिक एनिमिया ९शरिरमा रगत उत्पादन नहुने० रोग लागेर काठमाडौको शिबिल हस्पिटल मा उपचाररत ताराखोला गाउपालिका वडा नं – ५ मा जन्मिएका गीतकार नरेन्द्र घर्तीको लागि शनिबार मात्रै तत्कालीन योङ कम्युनिस्ट लिग बाग्लुङ का पदाधिकारीहरुले ५० हजार भन्दा बढि सहयोग गरेका छन । जिल्ला इन्चार्ज नरेश के सी ५ हजार, अध्यक्ष झमन पाण्डे ५ हजार, सचिब रमेश घर्ती ५ हजार , सह सचिब मिलन रेश्मी ५ हजार,कोषाध्यक्ष सबिना घर्ती ५ हजार ,सचिवालय सदस्य ओम प्रकाश घर्ती ५ हजार , सचिवालय सदस्य जिबन बस्नेत ५ हजार , सचिवालय सदस्य तुल्सिराम घर्ती ५ हजार सदस्य दिलिप के सि ५ हजार , सदस्य रबिन्द्र चोखाल २ हजार ५ सय र महिला नेत्री भबिकला रोका घर्ती ५ हजार सहयोग गरेका छन।

रोजगारको शिलशिलामा साउदीमा कार्यरत उनलाई २ महिना पहिलेनै रोग लागेको पत्ता भई उपचार गराईरहेका घर्तीलाई केहि हप्ता अघि कम्पनीले नेपाल फर्काईदिएको हो । ।

घर्ती सामान्य परिवारको भएकोले उपचारको लागि ठुलो रकम जुटाउन गार्हो भई सहयोग माग्नुपर्ने बाध्यता भएको ले आर्थिक रकम संकलनको अभियान चलाइएको क्लब ले जनाएको छ। यो समस्या जो कसैलाई पनि पर्न सक्ने र मानवीय नाता र ताराखोला को एउटा सामाजिक ब्यक्तित्व तथा कलाकार सबैको थोरै थोरै सहयोगले पहिले कै अबस्थामा ल्याउन सकिन्छ भने हामीले यो समयमा सहयोग गर्नु पर्ने भएकाले क्लब का अध्यक्ष पूर्णभद्र निउरेले सहयोगका लागी सबैमा अपिल गरेका छन ।

बैंकको पहुँचमा हुने हरुले बैंक मार्फत र बैंक को पहुँच नहुने ठाउँ का ले नगदी रसिद मार्फत सहयोग गर्न सकिने जनाइएको छ । सहयोगका लागी – नबसृजना युवा क्लबको नेपाल बैंक मा रहेको खाता न २२(११(५२४७६ र क्लब का अध्यक्ष पूर्ण भद्र निउरेको प्रभु बैंक ताराखोला साखाको खाता नम्बर ज्ञढघज्ञण्ठण्ज्ञण्छडज्ञडछण्ण्ण्ण्ण्ज्ञ रकम जम्मा गर्न सकिनेछ । सहयोग रकमको जानकारीको लागि सम्पर्क नस् ९८५७६५५५०० र९८५७६२२९११ ९८५७६६६६००र९८४६२७९७०८

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *