बार्षिक समिक्षा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न !

गुमानसिँह भण्डारी गल्कोट, २०७५ साउन १२ । पचुवाखोला बहुउदेश्यीय सहकारी सस्था लिमिटेड गल्कोट नगरपालिका ८ काडेबासको बार्षिक समिक्षा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा सहकारीले हालसम्म १० करोड, ३० लाख ५ सय बराबरको आर्थिक कारोबार गरेको जानकारी गराईएको थियो । गल्कोट नगरपालिका भित्रका हटिया, रिघा र काडेबासलाई सेवा क्षेत्र बनाएको सहकारीमा हालसम्म ३ सय ४० जना सेयर सदस्य रहेको सहकारीका अध्यक्ष घनश्याम चालिसेले बताए ।
सहकारीको सेयर पुँजी १७ लाख ७४ हजार ३ सय रहेको सहकारीका उपाध्यक्ष रमा उपाध्ययको भनाई छ ।

कार्यक्रममा नरहरी घिमिरे, खिमनाथ कडेल, अर्जुनदत्त कडेल लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रम सहकारीका अध्यक्ष घनश्याम चालिसेको अध्यक्षता, उपाध्यक्ष रमा उपाध्ययको स्वागत मन्तब्य र सचिव प्रेम कडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *