जंगली च्याउ खाँदा तमानखोलामा एक जनाको मृत्यु, एक जनाको अवस्था गम्भीर !

छविलाल पाण्डे, बुर्तिवाङ २०७५ साउन ११ । जंगली च्याउ खांँदा तमानखोलामा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर बिरामी परेका छन् ।

विहिबार सांझ जंगलबाट टिपेर ल्याएको कपासे जातको च्याउ छिमेकी संग मिलेर खाँदा तमानखोला गाउँपालिका वडा न २ भैरबोङ्घाका अन्दाजी २८ बर्षिय मनोज श्रीसको घटना स्थलमै मृत्यु भएको छ भने उनका छिमेकी लिल प्रसाद पुन बेहोस अवस्थामा रहेको बोङगादोभान प्रहरी चौकीका प्रमुख पदम नेपालीले जानकारी दिए ।

गाउँदेखि पशुचौपाया लिएर लेकतर्फ बराहताल भन्ने स्थानमा बस्दै आएका छिमेकी दुबै जनाले च्याउ सेवन गरेको र श्रीसको घटना स्थलमै ज्यान जानुका साथै घाईते लिल प्रसाद पुनलाई स्थानियको सहयोगमा बोङगादोभान स्वास्थ्य चौकीमा ल्याई उपचार भईरहेको बताईएको छ । पुनको स्थायी घर तमानखोला गााउपालिका २ कै खोलेसबाङमा रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *