ढोरपाटन नगरपालिकाको घोसाखानी आधारभुत विद्यालय पहिरोको उच्च जोखिममा !

सुमन सुनार, बुर्तिबाङ २०७५ साउन ११ । ढोरपाटन नगरपालिका–३ घोसाखानी स्थीत घोसाखानी आधारभुत विद्यालयको भवन पहिरोको उच्च जोखिममा रहेको छ ।

गत बुधबार साँझ बर्षासंगै विद्यालय भन्दा माथीबाट पहिरोे खसेपछि विद्यालयको भवन जोखीममा परेको स्थानिय लिला छन्त्यालबाट जानकारी प्राप्त भएको छ । पहिरोले विद्यालयको नवनिर्मित दुईकोठे भवनमा क्षती पु-याएको छ । जापान सरकारको सहयोगी संस्था जाईकाको आर्थिक सहयोगमा २१ लाखको लगानीमा निर्माण गरिएको उक्त दुईकोठे भवनमा पहिरो पसेर क्षती पुगेको उनको भनाई छ । बर्षासंगै थप पहिरो खस्ने सम्भावना रहेकाले विद्यालय भवन उच्च जोखिममा रहेको छ । हाल विद्यालयमा बर्षे विदा चलिरहेका कारण मानवीय क्षतीको खतरा नरहेपनि पहिरो खस्ने क्रम जारी रहेकाले पुरै विद्यालयको भवनमा क्षती पुग्ने सम्भावना रहेको विद्यालयका प्रधानाध्यापक खुम बहादुर छन्त्यालले बताए ।

त्यसैगरि सो पहिरोले बराहथान र कालापोल जाने तथा विद्यालय आवजवत गर्ने बाटो समेत अवरुद्ध पारेको छ । बाटो अवरुद्ध बनेपछि आवत जावतमा निकै समस्या भएको स्थानियले गुनासो गरेका छन् । पहिरोेको सम्भावित जोखिम न्युनिकरण तथा बाटो मर्मतका लागी तत्काल स्थानिय समाजसेवी, बुद्धिजिवीहरुको बैठक बस्ने तयारी रहेको छन्त्यालको भनाई छ ।

वि.स २०१७ सालमा स्थापना भएको घोसाखानी आधारभुत विद्यालयमा करिव ३ सय जना विद्यार्थी अध्यायनरत रहेका छन् ।

तस्बिर–लिला छन्त्याल

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *