NYC तारा द्वारा नरेन्द्र बचाउ अभियान सुरु/ संस्थागत रुपमा १० हजार सहयोग प्रदान !

पूर्णभद्र निउरे, ताराखोला, २०७५ साउन ११ । नबसृजना युवा क्लब ९ल्थ्ऋ० ताराले गीतकार नरेन्द्र घर्तीको उपचारका लागी “नरेन्द्र घर्ती बचाउ” अभियान शुरु गरेको छ । क्लब ले संस्थागत रुपमा १० हजार रुपैयाँ सहयोग गर्दै आर्थिक संकलन सुरु गरेको हो ।

बागलुङको ताराखोला गाउपालिका वडा नं – ५ मा जन्मिएका गीतकार नरेन्द्र घर्ती अहिले अस्पतालमा छन् र उनलाई ए प्लास्टिक एनिमिया ९शरिरमा रगत उत्पादन नहुने० रोग लागेको डाक्टरले बताएका छन् । काठमाण्डौको सिविल अस्पताल बानेश्वरमा उपचार गराउदै आएका घर्तीको उपचारका लागी करिब ३० लाख खर्च लाग्ने उनको परिवारले जानकारी दिए ।

रोजगारको शिलशिलामा साउदीमा कार्यरत उनलाई २ महिना पहिलेनै रोग लागेको पत्ता भई उपचार गराईरहेका घर्तीलाई केहि हप्ता अघि कम्पनीले नेपाल फर्काईदिएको हो । घर्तीका बुबा आमा पहिलेनै निधन भैसकेका छन। अहिले उनको साथमा उनकी श्रीमती छिन् । घर्ती सामान्य परिवारको भएकोले उपचारको लागि ठुलो रकम जुटाउन गार्हो भई सहयोग माग्नुपर्ने बाध्यता भएको र आर्थिक रकम संकलनको लागी देश तथा बिदेश मा रहनु हुने सम्पूर्ण नेपालीहरुमा अपिल गरिएको क्लब का अध्यक्ष पूर्ण भद्र निउरे ले बताए ।

यो समस्या जो कसैलाई पनि पर्न सक्ने र मानवीय नाता र ताराखोला को एउटा सामाजिक ब्यक्तित्व तथा कलाकार सबैको थोरै थोरै सहयोग ले पहिले कै अबस्थामा ल्याउन सकिन्छ भने हामीले यो समयमा सहयोग गर्नु पर्ने भएकाले क्लब ले सहयोगका लागी सबैमा अपिल गरेको छ । बैंक को पहुँच मा हुने हरुले बैंक मार्फत र बैंक को पहुँच नहुने ठाउँ का ले नगदी रसिद मार्फत सहयोग गर्न सकिने क्लब का कोषाध्यक्ष जि एम जितु ले जानकारी दिए।

सहयोगका लागी – नबसृजना युवा क्लब को नेपाल बैंक मा रहेको खाता न २२(११(५२४७६ नरेन्द्र घर्ती कि जीवन साथी शारदा घर्तिको प्रभु वैङ्को खाता नम्बर स् ९१६१०१००१०४८२६९०००००१० रकम जम्मा गर्न सकिन्छ । सहयोग रकमको जानकारीको लागि सम्पर्क नस् ९८५७६५५५०० र ९८५७६६६६००र९८४६२७९७०८मा सम्पर्क गर्न सकिनेछ । सहयोगी व्यक्ति हरुको नाम र सहयोग रकम, फोटो सहित क्लब को आधिकारिक फेसबूक पेज मार्फत सार्वजनिक गर्ने छौ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *