”नाचन मैच्याङ” नामक आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक

खिमलाल पाण्डे, युएई २०७५ साउन ११ (२६, जुलाई, २०१८) । गीत संगीत क्षेत्रको बजार स्वदेशमा मात्र नभएर बिदेशी भुमीमा कार्यरत गीत संगीतलाई माया गर्ने सर्जकहरुको कमी देखिदैन । आज भोली म्युजिक भिडियो छायाँकन बिदेशमा अत्याधिक रुपले बढेको देखिन्छ । आज भोली कलाकारहरुले बिदेशी भूमिका रमाइला अनी रोचक ठाउँहरुमा नेपाली म्युजिक भिडियोहरु छायाँकन गर्ने गरेका छन ।

हाल सालै म्युजिक भिडियो निर्देशक अर्जुन भण्डारीको निर्देशनमा ”नाचन मैच्याङ” नामक आधुनिक गीतको म्युजिक भिडियो सङ्स नेपाल नामक युटुब च्यानल मार्फत सार्वजनिक भएको छ । उक्त गीतमा शब्द भरेका छन चर्चित युवा गायक प्रतीक ब्लोन तामांगले भने दिनेश राजबहकले संगीत संयोजन गरेका छन | अर्जुन भण्डारीको निर्देशनमा रहेको उक्त म्युजिक भिडियोको छायाँकन कमल श्रेष्ठले गरेका छन । श्रेष्ठले युएईका चर्चित ठाउहरुको दृश्य क्यामेरामा कैद गर्न सफल भएका छन । उक्त म्युजिक भिडियोमा युएईको राजाधानी अबुधाबी र चर्चित शहर दुबईका बिभिन्न ठाउँहरुका रमाइला र आकर्षक दृश्यहरु देख्न सकिन्छ ।

भिडियोमा आकर्षक दृश्य संगै कलाकारहरु अमीर खान र सुमि खड्काको उत्कृष्ट आभिनय देख्न सकिन्छ |सो म्युजिक भिडियोलाई युबराज खत्रिले सम्पादन गरेका छन । निर्देशक भण्डारीले अहिले बनेको यो म्युजिक भिडियो निकै राम्रो भएको हुनाले दर्शक र श्रोताहरुको मन जित्ने आशा गरेको बताएका छन।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *