हरिचौरमा जन्ती गएर फर्किएको जीप दुर्घटना, ६ जना घाईते, ३ जनाको अवस्था गम्भीर !

बिपिन थापा गल्कोट २०७३ फागुन १८ । हिँजो राति हरिचौरमा दुदिलाभाटी जन्ती गएर फर्किएको जीप दुर्घटना हुँदा त्यस्मा सवार ६ जना घाईते भएका छन् । घाईते मध्य ३ जनाको अवस्था गम्भीर रहेको छ ।

ग २ च १५१० नम्वरको महेन्द्रा पीकअप जीप हरिचौर गाविस ६ कौलेनीमा हिँजो राति साढे ९ बजेको समयमा सडक देखी ३ सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । घाईतेहरुको स्थानीय गल्कोट स्वास्थ्य केन्द्रमा उपचार पछी गम्भीर अवस्थाका तीन जना दीपक थापा, अमरबहादुर राना र हिमाल बस्नेतलाई अहिले विहान थप उपचारका लागि धौलागिरी अन्चल अस्पताल बागलुङ पठाईएको छ ।

अन्य घाईते हुनेहरुमा जीपका चालक चोलाराम पौडेल सहित देवबहादुर राना र टोपबहादुर घर्ती समान्य उपचार पछी फर्केका छन् ।

हरिचौरका भूवनसिँह बस्नेतका छोराको विवाहमा दुदिलाभाटी गएर वरबधुलाई घरमा ल्याएर फर्कने क्रममा जीप दुर्घटना भएको थियो । विवाह घर देखी तलतिर लाग्नु पर्ने जीप उल्टो माथितिर गएर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । मादक पदार्थ सेवनका कारण दुर्घटना भएको स्थानीयको अनुमान रहेको छ ।

हिँजै विहान मात्र गल्कोट हटिया नजिकै रहेको छहरे खोलामा बुर्तिवाङ जाँदै गरेको यात्रु बाहक जीपको अघिल्लो ढोका खुल्दा सीटबाट खसेर एक महिला गम्भीर घाईते भएकी थिईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *