भिङगिठे छिस फाँटमा १३२ के बि ए केन्द्रीय बिद्युत प्रशारण लाइनको सब स्टेसन बन्ने !

दिनेश शर्मा, बागलुङ भिङगिठे २०७५ साउन ११ । बडीगाड गाउपालिका भिङगिठे छिस फाँटमा १३२ के बि ए केन्द्रीय बिद्युतत प्रशारणण लाइनको सब स्टेसन बन्ने सम्भावना देखिएको छ ।

ग्रामीण भेगमा केन्द्रीय लाइन बिस्तार गर्ने राज्यको नितिअनुरुप सब स्टेसन निर्माणका लागि बडीगाड ६ छिसफाँट उपयुक्त भएको कुरा आएपछी बिहिवार गाउपालिका अध्यक्ष मेहरसिँह पाइजाको अध्यक्षताान ईलाका प्रशासन कार्यलय बुर्तिबाङका प्रमुख जनक थापा ,ढोरपाटन नगरपालिका उपप्रमुख करमती पुनको विशेष उपस्थितीमा बडीगाड गाउपालिका वडा न ७ र ९ का वडनध्यक्ष्नहरु कृष्ण गुरुङ,९ का कृष्ण के सी, समाजसेवी तुलसीराम अर्याल ,टङ्क पौडेल,चक्र बहादुर के सी लगाएत अन्य स्थानियहरुको उपस्थितिमा एक बैठक बसी सो निर्णय गरिएको हो।

सब स्टेसन निर्माणका लागि बुर्तिबाङ देखि धेरै ठाउमा अबलोकन गर्दा धेरै ठाउँ हेर्दा बडीगाड ६को छिसफाट उपयुक्त हुनसक्ने जानकारी आएको बैठकमा बताइएको थियो।

उक्त योजनाको निम्ति करिब ४० रोपनी जग्गा आवश्यक पर्ने र उक्त जग्गा स्थानियहरुले चलन चल्तिको भाउमा उपलब्ध गराएमा सब स्टेसन निर्माण गर्न सहज हुने बताइएको छ।

बैठकले बडीगाड गाउपालिका ले जग्गा किटान र सर्बेको निम्ति प्राबिधिक पठाउन बिद्युत प्राधिकरणलाई लिखित अनुरोध पत्र पठाउने निर्णय गर्दै जग्गा किटान भएपश्चात जग्गा धनी र सरोकारवालाहरु सङ्ग छलफल अगि बढाउन पहल गर्ने निर्णय समेत गरेको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *