खेलमैदान तथा क्लब परिसर सफाई

थम्मन थापा, गल्कोट २०७५ साउन १० । गत असार ११ गते रातीको अविरल वर्षाले क्षतिग्रस्त सामाजिक संस्था घुम्टे युवा परिवार गल्कोट नगरपालिका ७ मल्मको खेलमैदान तथा क्लब परिसर सफाई गरिएको छ । स्थानिय घुम्टे प्रगति महिला समुह, मुलपानी सप्ताहघाट महिला समुह र मिलिजुली महिला समुह गलकोट नगरपालिका ७ मल्मको सहभागिता र सकृयतामा उक्त सफाई तथा गेग्रेटो व्यवस्थापन गरिएको घुम्टे युवा परिवार मल्मका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिनुभयो । स्थानिय हुलुवा खोला र आलाम खोलाको बाढीले खेलमैदान तथा कल्व परिसर गेग्रेटो थुप्रोले पुरिएको थियो ।

खेलमैदान र आसपासको थुप्रो अनि भल व्यवस्थापन गरिएपछि खेलमैदान र परिसर सफाई भएको बताईएको छ । वर्षाका कारण संस्थाको पक्की मञ्च, कार्यालय निर्माणाधिन भवन र खेलमैदानमा लेदो र गेग्रेटो माटो पसेको थियो । लेदो र गेग्रेटो माटो र ढुङगाले खाल्डा खुल्डी पार्नुका साथै कल्व परिसरमा कटान गरेको थियो । पछिल्लो समयमा स्थानिय महिलाहरु विभिन्न सामाजिक कार्यमा सकृय हुँदै आएका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *