गीतकार नरेन्द्र घर्ती बचाउ अभियानमा सहयोग गर्नचर्चित संगितकर्मी बिबि अनुरागीको अनुरोध !

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७५ साउन ९ । रगत उत्पादन नहुने रोगले ग्रस्त नरेन्द्र घर्तीलाई भेट्न बागलुङमा जन्मिएका बहु चर्चित संगितकार गायक सर्जक तथा संगितकर्मी बिबि अनुरागी, बागलुङकी पुर्व सांसद केशरी घर्ती, गायक जीवन परियार बुधबार काठमाडौ सिभिल अस्पतालमा पुगेका थिए । त्यहा पुगेपछि नरेन्द्रलाई भेटेर उनिहरुले आफ्नो फेसबुक लाईभ मार्फत आर्थिक रकम संकलन अभियानमा लाग्न, आर्थिक सहयोग गर्न र उनलाई बचाउन आह्रान गरेका छन् ।

स्मरण रहोस नरेन्द्र घर्तीको चर्चित आधुनिक गीति संग्रहका सम्पुर्ण गितमा विवि अनुरागीको संगित तथा संगित संयोजन रहेको थियो भने नेपाल तथा भारतका चर्चित गायक गायिकाले स्वर भरेका थिए । हाल नरेन्द्र घर्तीको साथमा उनकी जीवन संगिन शारदा घर्ती छन र खुसीबुढा पनि रहेका छन् । ताराखोलाका युवा तथा असारे युवा क्लबका कोषाध्यक्ष रविन घर्ती पनी दैनिक जसो भेटघाटतार्थ र सहयोगको अपिलमा जुटेका छन् । ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *