गल्कोटको पर्यटन प्रवद्धन दस्ताबेजमै सीमित, पर्यटन पुर्बाधार बिकासमा नगरपालिकाको ध्यान पुगेन !

घनश्याम गौतम, गःल्कोट २०७५ साउन ९ । गल्कोट नगरपालिकाले पर्यटन प्रवद्धन गरी समृद्ध नगरपालिका बनाउने उद्घोष गरेतापनि दस्ताबेजमा मात्रै सीमित बनेको स्थानियको आरोप छ । गल्कोट नगरपालिकाका सम्भाबित पर्यटकीय गन्तब्यहरुको सूची नगरपालिकासगं भएतापनि यसप्रति नगरपालिकाले बिशेष चासो नदिएको स्थानिय जय बहादुर बुढाथोकीले ईबागलुङलाई बताए ।

बुढाथोकीका अनुसार गल्कोटका पर्यटकीय क्षेत्रको रुपमा घुम्टे, गल्कोटे राजाको दरवार, कोट, निलुवा कालीलेक, सिद्धथान, उदय बुद्ध बिहार, लगायतका ठाउँहरुको सूची बनाएर गल्कोटको समृद्धि पर्यटन प्रबद्धन बाट गर्न सकिने बताउदै आएको भएपनि त्यो कागजमा मात्रै सीमित बनेको छ ।

त्यस्तै गल्कोट नगरपालिकाको लेटरप्याडमा लेखिएको “कृषी, पर्यटन, जलश्रोत, स्थानीय सीप र पुर्वाधारः समृद्ध गल्कोट निर्माणको मुल आधार” भन्ने मुख्य नारा साकार पार्न नगरपालिकाले बिशेष कार्यक्रम तथा गुरुयोजना निर्माण गरि काम प्रारम्भ गर्न नसकेको स्थानिय चित्र बहादुर बुढाथोकीको भनाई छ ।

गल्कोटमा रहेका केही पर्यटकीय क्षेत्रको पुर्बाधार बिकासमा निकै थोरै बजेट नियिोजन भएको र गल्कोटका ११ बटै बडामा रहेका पर्यटकीय क्षेत्रको बिकासको लागी समाबेसी रुपमा नगरपालिकाले बजेट बिनियोजन नगरेको भन्दै चर्चा हुन थालेको छ ।

यसबैचि गल्कोट नगरपालिकालाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्ने भनिएतापनी पर्यटन मैत्री रुपमा बजेट सार्बजनिक नभएको गल्कोट घुम्टे पर्यटन बिकास केन्द्रका बरिष्ठ उपाध्यक्ष राज बहादुर थापाको भनाई छ ।

थापाले सबै क्षेत्रमा बजेट प्रयाप्त हुने अबस्था नगरपालिकाको श्रोत तथा साधनमा नभएको भएपनि अध्ययन र परामर्श बिना बजेट सार्बजनिक भएको ईबागलुङलाई बताए । उनले पर्यटन बिकासको लागी क्रमागत योजना बनाएर बजेट बिनियोजन गर्नुपर्नेमा यो आर्थिक बर्षमा नगरपालिकाले त्यसो गर्न नसकेको बताए ।

नगरपालिकाले आर्थिक बर्ष २०७५ ÷०७६ मा पर्यटन प्रबद्धनको लागी नगरस्तरबाट बडा नम्बर ३ को गोलकोत पुजा ब्यबस्थापन, बगैचा निर्माण र संरक्षण तथा पर्यटन प्रबद्धनको लागी ५० लाख, बडास्तरमा बडा नम्बर ४ को निलुबालाई ४ लाख, बडा नम्बर ३ को सहस्रधारा क्यानोनिङ सञ्चालन तथा सामाग्री खरीदको लागी ५ लाख बजेट बिनियोजन गरेको छ ।

अन्य बडास्तरमा पर्यटन प्रवद्धनकोलागी छुट्टिएको बजेट निकै थोरै रहेकोले पर्यटकीय नगरपालिका बन्न नसक्ने निलुवा पर्यटकीय क्षेत्र पर्वद्धन केन्द्रका कोषाध्यक्ष बिकास सुेबदीले बताए ।

नगरपालिकाले पर्यटन प्रबधनको लागी गल्कोटका संभाबित पर्यटकीय स्थलको अध्ययन अबलोकल, बिज्ञ समुहसगं बिशेष छलपल गरि प्राबिधिक रुपमा पुर्वाधार निर्माण गर्न आवश्यक पर्ने सामाग्रीहरु लगाएतको बारेमा अध्ययन गरि बजेटको ब्यबस्थापन गर्नुपर्ने थापाको भनाई छ । नगरपालिकाले गुरुयोजना निर्माण गरि पुर्बाधार निर्माण गर्न सकेमा सिंगो नगरपालिकानै पर्यटकीय गन्तब्य बन्न सक्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *