उपचाररत पत्रकार विजय रानालाई हङकङबाट डेढ लाख रुपयाँ सहयोग हस्तान्तरण !

रामबहादुर राना, बागलुङ २०७५ साउन ९ । ए प्लाष्टिक एनेमियाबाट पीडित पत्रकार विजय रानालाई हङकङबाट डेढलाख रुपैयाँ सहयोग प्राप्त भएको छ ।

बागलुङको जैमिनी नगर पालिका वडा न. ९ पैयुँथन्थाप घर भई हाल हङकङमा अध्ययनरत टीका रानाको नेतृत्वमा संकलित १ लाख ४५ हजार ६ सय ५३ रुपैयाँ बुधबार विजय रानालाई हस्तान्तरण गरिएको छ । रकम टीकाका आफन्त चित्रकला राना र कुन्ति रानाले विजय रानालाई हस्तान्तरण गरेका हुन् ।

सामाजिक व्यक्तित्वलाई बचाउने दायित्व आफुहरुको पनि भएको बताउँदै टिका रानाले हङकङमा विभिन्न पेशा तथा व्यवसाय गर्ने व्यक्तिहरुबाट रकम संकलन गरिएको बताए ।
नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष रानाको हाल सिभिल सर्भिस अस्पताल काठमाण्डौमा उपचार भइरहेको छ ।

उपचारको लागि २७ लाख रुपैयाँ सम्म खर्च हुने अस्पताल श्रोतले बताएको छ । रानाको हाल सम्म १७ लाख रुपैयाँ खर्च भइसकेको छ ।

रानाको उपचारको लागि नेपाल पत्रकार महासंघ बागलुङ शाखाले ६ लाख ३७ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरि सकेको छ भने विभिन्न व्यक्ति तथा संघ संस्थाहरुबाट पनि सहयोग प्राप्त भइरहेको छ ।

रानाको उपचारमा सहयोग प¥याउने उद्देश्यले देश तथा विदेशमा पनि आर्थिक संकलन अभियान सञ्चालन गरिएको छ ।

आर्थिक अवस्था कमजोर भएका रानाको उपचारमा सहयोग प¥याउने उद्धेश्य सहित नेपालका एकदर्जन भन्दा बढि संस्थाले आर्थिक सहयोग अभियान सञ्चालन गरिरहेका छन् भने विदेशमा जापान, दक्षिण कोरिया, साउदी अरव, भारत, मलेसिया लगायतका देशमा अभियान सञ्चालन गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *