जीप र मोटरसाईकल एकापसमा ठोक्किदा मोटरसाईकल चालक गम्भीर घाईते !

बागलुङ २०७५ साउन ९ । बागलुङ नगरपालिका १ कालिका मन्दिर देखी केहि तल पोखरा बागलुङ राजमार्गको गणेश स्थान नजीकको घुम्तीमा जीप र मोटरसाईकल दुर्घटाना हुँदा मोटरसााईकल चालक गम्भीर घााईते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसर पोखराबाट बागलुङ आउँदै गरेको ग १ ज ६०७५ नम्वरको जीप र बागलुङ देखी मालढुंगा जाँदै गरेको ध १ प ५१०३ नम्वरको मोटरसाईल एकापसमा ठोक्किदा मोटरसाईकल चालक भकुण्डेका वर्ष २३ को दीपक थापा गम्भीर घाईते भएका छन् । गम्भीर घाईते थापालाई धौलागिरी अन्चल अस्पतालमा साधारण उपचार गरी थप उपचारका लागि पोखरा रिफर गरिएको छ ।

जीप चालक ईन्द्रबहादुर क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *