श्रीमानको दोश्रो पूण्य तिथीमा मानव सेवा आश्रमलाई सहयोग

सिर्जना पन्त, बागलुङ २०७५ साउन ९ । जैमिनी नगरपालिका–२ दमेक स्थायी घर भई हाल बागलुङ नगरपालिका–३ पुरानो सिनेमारोड बस्दैं आएकी खगिशरा क्षेत्रीले आफ्ना पति स्वर्गिय चन्द्रबहादुर क्षेत्रीको दोश्रो पुण्य तिथिको अवसरमा मानव सेवा आश्रम बागलुङमा आर्थिक सहयोग गरेकी छन् ।

सहयोग रकम हस्तान्तरण गर्दै क्षेत्रीले आफ्ना छोरा राजु क्षेत्री र छोरी कमला क्षेत्रीको ईच्छा अनुसार आश्रममा तिन हजार १० रुपैया सहयोग गरेको बताईन । उनका श्रीमान क्षेत्रीको २०७३ साउन २ गते ७३ वर्षको उमेरमा असामायिक निधन भएको थियो ।

असाहाय र सडक मानवहरुको आश्रय स्थल बनेको यस मानव सेवा आश्रममा पछिल्लो समय सहयोग गर्नेहरुको संख्यामा वृद्धि भएको छ । परोपकारी मन भएकाहरुले आफ्नो र आफ्ना परिवारका सदस्यको जन्मदिन समेत आश्रममा मनाउन थालेको मानव सेवा आश्रमकी अभियन्ता सुमिरा लामाले ईबागलुङलाई बताईन । स्थानियको साथ र सहयोगले आश्रम सञ्चालन गर्न सहज भएको लामाको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *