स्ववियु निर्वाचन : धौलागिरी र गल्कोट बहुमुखी क्याम्पसमा मतादान सुरु !

बागलुङ २०७३ फागुन १८ । त्रिविवि अन्तरगतका क्याम्पसहरुमा स्ववियु निर्वाचनको मतदान कार्य सुरु भएको छ । धेरैजसो क्याम्पसहरुमा विद्यार्थीहरुको विवादका कारण तालावन्दी गरिएकाले स्ववियु निर्वाचन हुन सकेको छैन ।

बागलुङ सदरमुकाम स्थित धौलागिरी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको मतदान कार्य सुरु भएको छ । यहाँ नेविसंघ नेतृत्वको लोकतान्त्रिक समुह र अनेरास्ववियु नेतृत्वको अखिल संयुक्त प्यानलवीच चुनावी प्रतिष्पर्धा रहेको छ ।

धौलागिरी बहुमुखी क्याम्पसमा मतदान गर्दै विद्यार्थीहरु ।
अखिल संयुक्त प्यानलबाट अध्यक्ष शेखर खड्का, सचिव जीवन शर्मा, कोषाध्यक्ष बिनाकुमारी जाल्मी सदस्य लाल बहादुर भण्डारी ,लालमती रोका , साधना राना मगर , सुरेश रेग्मी, थुमा पुर्जाको पुनको उमेदवारी रहेको छ भने लोकतान्त्रिक समुहबाट अध्यक्ष पदमा मन बहादुर थापा मनिष, सचीव विष्णु पौडेल, कोषाध्यक्ष सुस्मिता बोहोरा, सदस्यहरुमा मिना सापकोटा, सन्जु चापागाई, मनोज सापकोटा, विकेक केसी, हरि बहादुर भण्डारीको उम्मेदवारी परेको छ ।

उता गल्कोट हटिया स्थित गल्कोट बहुमुखी क्याम्पसमा पनि स्ववियु चुनावको चहलपहल (तस्वीर) सुरु भएको छ । यहाँपनि नेविसंघ र अखिल प्यानलवीच प्रतिष्पर्धा रहेको छ । यहाँ नेविसंघ बाट गुमानसिँह भण्डारी र अखिलबाट जीवनकला खत्रीले अध्यक्ष पदका उमेदार बनेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.