बलेवाको प्रशिद्ध भैरवस्थान (मन्दिर)को दर्शन पछी प्रजिअ खरेलले भने, ‘बागलुङ जिल्लाको अर्को चिनारी !’

किरण आचार्य, बागलुङ २०७५ साउन ९ । प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल सहितको टोलीले बुधवार विहान बलेवा भैरवस्थानको दर्शन गरेको छ । टोलीमा बागलुङ नगरपालिकाका प्रमुख जनक पौडेल, प्रहरी उपरीक्ष दीपक रेग्मी, पूर्व राज्यमन्त्री राम्जी शर्मा, पूर्वसभासद नरबहादुर थापा र उपभोक्ता मन्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, मालपोत, खानेपानीका अधिकृत लगायत रहेका छन् ।

विहान टोली पुग्दा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं वडाध्यक्ष गुरुदत्त पाठक एवं मन्दिरका मुल पुजारी टेकबहादुर शाही लगायतले अतिथीहरुको स्वागत गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रजिअ खरेलले प्रशिद्ध भैरब स्थान मन्दिर बागलुङ जिल्लाको अर्को चिनारी भएको बताउदै यसको विकास र संरक्षण सबैको ध्यान जानुपर्ने बताए ।

भैरव स्थानको विकासको लागि उनले पाँचवटा ए को प्रशंग उल्लेख गर्दै एयर कनेन्टिीभिटी, एक्टिभिटिज, एकोमोडेशन, एट्राक्सन र एडभर्टाईजको विकास जरुरी भएको बताए । मन्दिर केहि माथी रहेको ऐतिहासिक कोत घरको अवकोलन पछी एतिहाँसिक महत्वको कोत घरको मरम्मत सम्भार गर्नु पर्ने विचार व्यक्त गरेका थिए ।

मन्दिरमा पूजा अर्चनाका लागि आउने श्रद्धालुहरुको सुविधाको लागि उपयुक्त वातावरणको व्यवस्थागर्न र भ्रमणमा आउने धार्मिक पर्यटकहरुलाई बढी दिन बसाईको निम्ति प्रेरित गर्न माथी उल्लेखित पाँच ए को व्यवस्था गर्न आवश्यक पहल गर्नुपर्ने प्रजिअ खरेलको सल्लाह थियो ।

प्रजिअ खरेलले यस क्षेत्रको भ्रमणमा आउने अतिथीहरुलाई परम्परागत स्थानीय संस्कार एवं संस्कृतिबाट स्वागत सत्कार गर्ने परिपाटी बसाल्न सके बाह्य पर्यटकहरु आकर्षित हुने बताएका थिए ।

सोही अवसरमा प्रजिअ खरेलले वडाध्यक्ष एवं मन्दिर व्यवस्थापनका अध्यक्ष पाठक र मुल पूजारी शाहीलाई खादा ओढाई सम्मानित गरेका थिए ।

स्मरणीय के छ भने भैरबस्थान माथि रहेको ऐतिहासिक कोतघरमा प्रत्यक विजया दशमीका महानवमीमा तरबार नाँच (सरायँ नृत्य) गरिने प्रचलन रहेको छ । केहि दशक पहिले सम्म यसै कोतघरमा स्थानीय पण्डितहरु जम्मा भएर टीकाको साईतको शुभ साईत निकाल्थे यहि साइत अनुसार यस क्षेत्रका जनताले विजया दशमीको टीका लगाउथे । पछिल्लो समय सरायँ (तरबार) नाँचको प्रचलन हराउने अवस्थामा रहेको स्थानीयले गुनासो गर्दै आएका छन् ।
भैरब स्थानमा भदौको पहिलो मंगलबार विशेष मेला लाग्छ ।
आजै विहान टोलीले भैरव मन्दिर परिसरमा बागलुङ नगरपालिकाको पहलमा निर्माणाधीन पर्खालको पनि निरीक्षण गरेको थियो ।

टोलीले भैरव स्थानसंग जोडिएको भकुण्डेको पर्यटकीय स्थलहरुको पनि अवलोकन गरेको छ । भकुण्डे स्थित भ्यू टावर, स्थानीय ऐतिहाँसिक एवं पर्यटकीय स्थलहरुको अवलोकन गरेको छ । भकुण्डे पुग्ने पर्यटक अतिथीहरुका लागि भकुण्डेमा सन्चालित होमस्टे को समेत टोलीले जानकारी लिएको थियो ।

यसअघी प्रजिअ खरेलको टोली लाई वडा नं १३ पैयुँपाटा स्थित त्रिभुवन माबिमा वडाध्यक्ष नारायण पौडेलले स्वागत गरेका थिए ।
आजको तस्वीरहरु अर्जुन ढकालको सौजन्यबाट ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *