Sorry, that menu does not exist.
 

बोहरागाउँ-याङम्याङ जोड्ने मोटरबाटो खन्न स्थानीय कस्सिए !

सुमन सुनार, बुर्तिवाङ २०७३ फागुन १८ । बाहोरागाँउ गाउँ विकास समिति वडा नं. ३ याँङम्याङका स्थानियले आफ्नै लगानीमा बाहोरागाँउको कालेखेत हुँदै याङम्याङ जोड्ने मोटरवाटो निर्माण कार्य सुरु गरेका छन् । बोहोरागाँउ गाँउ विकास समितिको कालेखेत, थापागाँउ हुदै याँङम्याङ जोड्ने मोटरबाटो निर्माण कार्य मंगलबार देखि शुरु भएको मोटरबाटो निर्माण समितिका अध्यक्ष सम बहादुर बुढा मगरले जानकारी दिए ।

याँङम्याङका स्थानियहरुको आफ्नै सक्रियतामा करिव ७ लाख रकम संकलन गरि उक्त मोटरबाटोको निर्माण कार्य थालिएको हो ।

जिल्ला विकास समिति बागलुङ मार्फत संसद क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट विनियोजन भएको १० लाख र गाउँ विकास समितिबाट विनियोजित २ लाख ५० हजार रुपैयाँ गरि कुल १२ लाख ५० हजारमा रुपैयाँमा थापागाउँ हुँदै विसमरसम्म मोटरबाटो पुराईएको र बाँकी निमार्ण कार्यका लागि स्थानीयको आफ्नै पहलमा रकम संकलन गरि याङम्याङसम्म पुराउन लागिएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply