बिहुँ र निसीमा पहिरो गएको स्थानबाट तत्काल बस्ती स्थानान्तरण गर्न भूगर्भ विज्ञहरुको सुझाव !

बागलुङ २०७५ साउन ८ । खानी तथा भूगर्भ विभाग काठमाडौँबाट आएको भूगर्भविदहरुको टोलीले काठेखोला गाउपालिका ५ बिहुँ काउले तथा निसीखोला गाउपालिकाको वडा नं १ हुल्दी र वडा नं २ बाहुन गाउँमा गएको पहिरोको स्थलगत अध्ययन गरी आज जिल्ला प्रशासन कार्यालय बागलुङमा आयोजित कार्यक्रममा प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेको छ ।

गत शनिवार विहुँ काउलेको भूस्खलन र पहिरोको अध्ययन गरेर फर्किन लागेको खानी तथा भूगर्भ विभाग काठमाडौँकी सिनियर जुयोलोजिष्ट (भूगर्भविद) मोनिका झा तथा अर्की भूगर्भविद सुनिता भट्टराईको टोली प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको विशेष अनुरोधमा पश्चिम बागलुङ निसीखोला गाउँपालिकाको वडा नं १ को हुल्दी र वडा नं २ को बाहुनगाउँमा गएको भीषण पहिरोको समेत स्थलगत अध्ययन गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी खरेलको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालयमा विषयगत कार्यालय प्रमुखहरु, काठेखोला गाउपालिकाका अध्यक्ष, केहि पत्रकारहरु समेतको समुपस्थितिमा भएको बैठकमा प्रारम्भिक प्रतिवेदन प्रस्तुत गर्दै सिनियर जुयोलोजिष्ट मोनिका झाले तत्काल बस्ती स्थानान्तरण गर्नुपनर्,े अन्य बस्तीहरुलाई जोगाउनका लागि ठाउँठाउँमा चेकड्याम निर्माण गर्नु पर्ने बताईन् । उनले बिहुँ काउले माथी सडक भएकोले सडकमा बग्ने पानी बस्तमा पस्न नदिन तर्काउनु पर्ने सुझाव पनि दिएकी थिईन । सिनियर जुयोलोजिट झाले अरु विभागमा प्रतिवेदन प्रस्तुत गरी बिस्तृत अध्ययन पछी आवश्यक जानकारी दिईने पनि बताईन।

बैठकमा प्रमुख जिल्ला अधिकारी खरेलले भूगर्भविदहरुको स्वागत गर्दै उहाँहरुले गरेको कार्यको प्रशंसा समेत गरेका थिए ।

यी लिंकहरु पनि पढौं

काठेखोला- ५ बिहुँ काउलेको जमीन पूरै धाँजा फाटेपछी दलितका एक दर्जन घर परिवार जोखिममा !

अविरल वर्षातले जिल्लामा पु-याएको क्षती र बिपद व्यवस्थापन समितिका अध्यक्ष प्रजिअ खरेलको अनुगमन !

पहिरोले देविस्थानको हुल्दी गाउँनै उच्च जोखिममा : गाउवासी घरवास छोडेर जंगलतिर !

अविरल वर्षा र भीषण पहिरोले हुल्दी गाउँनै बगाउने सन्त्रासले गाउँलेले घरवास छोडे !

हुल्दीका ३ सय जना अन्नपात, झिटीझाम्टा बोकेर दहको लेकमा त्रिपाल मुनी, विद्यालय बन्द !

निसी र हुल्दी खोलामा आएको बाढी पहिरो खाडुमा पसेपछी स्थानीयवासी भागाभाग !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *