तीन जना छात्राहरुलाई जवरजस्ती करणीको आरोपमा प्रधानाध्यापक पक्राउ !

महेन्द्र केसी, पर्वत २०७५ साउन ७ गते । बालिकालाइ जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन् । फलेवास नगरपालिका ६ मा रहेको माझीगाउँ आधारभूत विद्यालयका प्रधानाध्यापक खिल प्रसाद पौडेल विद्यालयमा रहेका बालिका माथि जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका हुन् ।

उनले तीन जना विद्यार्थीमाथि जबरजस्ती करणी गरेको उजुरीका आधारमा पक्राउ गरी अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

बालिकाहरुलाई धम्काइ फकाइ जवरजस्तीकरणी गर्ने गरेको पीडित पक्षले बताएका छन् । ६ देखि १२ बर्ष उमेर समुहका बालिकाहरुलाइ जवरजस्ती गर्दै आएरहेको बताइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *