जीपको ढोका खुल्दा खसेर अधिकारीचौरकी एक महिला गम्भीर घाईते !

लोकेन्द्र निरासी, गल्कोट २०७३ फागुन १७ । बागलुङ देखि बुर्तिबाङका लागि विहान ७ बजे छुटेको ध १ ज ४०० नम्बरको जीप गल्कोट हटिया बजारदेखि नजिकै छहरे खोलामा आज दिउसो करिव ११ः४५ बजे एक्कासी जीपको अगाडिको ढोका खुल्न पुग्दा उक्त जीपबाट खसेर अधिकारीचौर ३ की ४८ वर्षिय नीर कुमारी राना गम्भीर घाइते भएकी छन् ।

अध्ययनका लागि बागलुङ रहेका आफ्ना छोरालाई भेटी घर फर्कने क्रममा नीरकुमारी राना र उनका श्रीमान रन बहादुर राना गल्कोटको विएनबी होटेलमा खाना खाई बुर्तिबाङ आउँदै गर्दा जीपको अगाडिको सीटमा रहेकी नरकुमारी राना जीपको ढोका राम्रोसंग बन्द नभएको कारण अचानक जीप कुदिरहेको अवस्थामा ढोका खुल्न पुग्दा त्यहाँबाट सडकमा खसी गम्भीर घाइते भएकी थिइन् । उनलाई तत्काल इमर्जन्सी पोली क्लिनिक हटियामा लगी उपचार भइरहेको छ । अहिले उनी खतरामुक्त भएको क्लिनिक स्रोतले जनाएको छ ।

जीप चालक बुर्तिबाङ वडा नं.३ का रमेश वि.क.लाई नियन्त्रणमा लिई सोधपुछ गरि थप अनुसन्धान भइरहेको हटिया इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक टेक बहादुर सारु मगरले बताएका छन् ।

( जीप यात्रामा घटना स्थलबाटै)

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *